Sajhakura Dainik - वडा अध्यक्ष न्यौपानेद्वारा पदभार ग्रहण
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

वडा अध्यक्ष न्यौपानेद्वारा पदभार ग्रहण


समाचार 4 पटक पढिएको




हेटौंडा, १२ जेठ÷स्थानीय तहको निर्वाचनबाट हेटौंडा वडा नम्बर १ को अध्यक्षमा निर्वाचित सविन न्यौपानले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
 शुक्रबार वडा कार्यालय चाइनाक्वाटरमा भएको पदभार ग्रहण कार्यक्रममा वडा अध्यक्ष न्यौपानेसहित ४ जना सदस्यहरुले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गरेपछि बोल्दै अध्यक्ष न्यौपानेले सबै पक्षलाई समेटेर वडाको विकासमा लाग्ने प्रतिवद्धता जनाए । एउटा राजनीतिक दलले बनाएको योजना अर्को राजनीतिक दलले कार्यान्वयन नगर्ने परिपाटी रहेकोमा त्यसलाई आफूले तोड्ने न्यौपानेको भनाइ थियो । ‘चुनावको बेला मैले २२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको थिएँ, अब अध्यक्ष भएपछि धेरै बुँदाहरु थपेर कार्यान्वयन गर्दै जानेछु,’ उनले भने–‘एमाले, माओवादीलगायतका दलहरुले सार्वजनिक गरेका प्रतिवद्धतापत्रहरु पनि मेरो हातमा परेको छ, उहाँहरुको योजनाहरुलाई पनि समेटेर कार्यान्वयन गर्नेछु ।’ प्रक्रिया पुगेर आएको नागरिकको काम छिटो छरितो ढंगले गर्न वडा कार्यालयका कर्मचारीलाई न्यौपानेले निर्देशन दिए ।
अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति हरिकृष्ण महर्जन, नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार उत्तम शर्मा न्यौपाने, नेकपा माओवादीका अजय सिं तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका उमाकान्त गौतम, वडा सदस्य बेगम बराल, वडा सचिव शान्तादेवी दौडारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।



कमेन्टसहरु




2332554 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top