Sajhakura Dainik - ‘भौतिक पूर्वाधारको विकास तीब्ररुपमा हुन्छ’
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

‘भौतिक पूर्वाधारको विकास तीब्ररुपमा हुन्छ’


समाचार 95 पटक पढिएको




हेटौंडा, १२ जेठ÷ हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले भौतिक पूर्वाधारको विकास तीब्ररुपमा अगाडि बढाउने उद्घोष गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकामा शुक्रबार आयोजित सपथ ग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै महतले तीब्ररुपमा भौतिक पूर्वाधारको विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए । ‘भौतिक पूर्वाधारको विकास तीब्ररुपमा गर्ने लक्ष्य मैले लिएको छु । हामीसँग मात्र पाँच वर्षको समय छ । त्यसकारण तीब्ररुपमा विकास गर्नुको विकल्प छैन । मेरो कार्यलाई पूर्णरुपमा यहाँका कर्मचारीहरुले साथ दिनुहुन्छ भन्ने आशा लिएको छु,’ उनले
कर्मचारीलाई शारीरिक र मानसिकरुपमा काम गर्नका लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिए ।
‘नगरमा गाभिएका धेरै स्थानहरु विपन्न रहेका छन् । त्यस क्षेत्रका लागि हामीले विशेष योजना बनाएर काम गर्न जरुरी रहेको छ’, उनले सवैलाई समेटर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
सांसद् अनन्तप्रसाद पौडेलले नगरभित्रको पछाडि
पारिएको स्थानको विकासका लागि काम गर्न जरुरी रहेको औंल्याए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका पूर्वमेयर डोरमणि पौडेलले सबै वडाले सामूहिक योजना तर्जुमा गरेर दीर्घकालिन विकासको योजना अनुसार अगाडि बढ्न आग्रह गरे ।नेपाल काँग्रेसका उपसभापति बिष्णुप्रसाद लामिछानेले  दलगत आदर्श र सिद्धान्तभन्दा माथि उठेर काम गर्न सवैलाई सुझाए । कार्यालयका कार्यकारी अधिृकत कृष्णप्रसाद पाण्डेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एसोसिएसन हेटौंडा उपमहानगरपालिका अध्यक्ष अमोदप्रसाद मैनालीलगायत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मेयर महतले नगरका वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।



कमेन्टसहरु




2292557 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top