Sajhakura Dainik - एमालेको नगर र गाउँपालिका उम्मेदवार टुंगियो
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

एमालेको नगर र गाउँपालिका उम्मेदवार टुंगियो


समाज 48 पटक पढिएको




हेटौंडा, १३ वैशाख÷ मकवानपुरको आठवटा गाउँपालिका र एउटा नगरपालिकामा नेकपा एमालेले प्रमुख पदहरुको उम्मेदवारहरुको टुंगो लगाएको छ ।

नेकपा एमालेको बुधबार बसेको प्रदेश कमिटी वैठकले उम्मेदवारको टुंगो लगाएको हो । थाहा नगरपालिकाको मेयरमा बिष्णु ढकाल र उपमेयरमा कल्पना बलामी उम्मेदवार हुने भएका छन् । वागमती गाउँपालिकाको अध्यक्षमा राजकुमार तिमल्सिना र उपाध्यक्षमा धनमाया थिङ, बकैया गाउँपालिकाको अध्यक्षमा दलबहादुर वाइवा र उपाध्यक्षमा सरला बोलखेलाई एमालले उम्मेदवार बनाएको छ ।
भीमफेदी गाउँपालिकाको अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्बती राना, मकवानपुरगढी अध्यक्षमा बिदुर हुमागार्इं र उपाध्यक्षमा हर्कमाया रुम्बालाई उम्मेदवार बनाइएको छ । मनहरी गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा मनिला बिष्ट, राक्सिराङ गाउँपालिकाको अध्यक्ष लालबहादुर थापा र उपाध्यक्षमा सुन्तली चेपाङ तथा कैलाश गाउँपालिकाको अध्यक्षमा टंक मोक्तान र उपाध्यक्षमा सुकुमाया थिङलाई उम्मेदवार बनाइएको एमाले मकवानपुरका सचिब एवम् प्रचार विभाग प्रमुख एकाललाल श्रेष्ठले जानकारी दिए । गाउँपालिका तथा नगरपालिकाहरुबाट आएको आकांक्षी उम्मेदवारहरु नामलाई जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।



कमेन्टसहरु




2267288 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top