Sajhakura Dainik - ‘माओवादीका कारण गाउ“मा अधिकार’
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

‘माओवादीका कारण गाउ“मा अधिकार’


समाज 43 पटक पढिएको




हेटौंडा, १५ वैशाख÷ नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य एबम् पूर्वसभासद् कुमारी मोक्तानले संघीयतावादीहरुलाई चिनेर मतदान गरी न्याय गर्नुपर्ने बताएकी छिन् ।

मनहरी गाउँपालिका वडा नम्बर–५ मा चुनावी कार्यालय उद्घाटन गर्दै उनले माओवादीकै योगदानका कारण गाउँ गाउँमा जनताले अधिकार पाउने दिन आएका दाबी गरिन् । उनले माओवादीको पक्षमा माहोल रहेकाले निर्वाचनमा माओवादीले जित्ने बताइन् । माओवादी केन्द्र मनहरी–५ का अध्यक्ष मीनबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षसहित ४ जना उम्मेदवारको नामावली सार्बजनिक गरिएको थियो ।
वडा अध्यक्षमा पार्टीका जिल्ला सदस्य समेत रहेको समाजसेबी गजाधर सुबेदी (केशब), खुला सदस्यहरुमा लिलाबहादुर रुम्बा, काजीमान स्याङ्तान, महिला सदस्यमा रिता मुक्तान, दलित सदस्यबाट सञ्चिता नेपालीको उम्मेदवारी घोषणा भएको छ ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य रामप्रसाद कालाखेती, वाइसीएल जिल्ला कोषाध्यक्ष प्रकाश थापा, पार्टीका जिल्ला सदस्यहरु गोविन्द सापकोटा, गोकुल विश्वकर्मा, मुकुन्द अधिकारी, लिलानाथ भट्ट, मित्रलाल मुक्तान, अशोक स्याङ्तान, बाबु मोक्तान, लक्ष्मी उप्रेती, वाइसीयल मनहरीका उपाध्यक्ष दिपक मुक्तान, वाइसियल वडा अध्यक्ष राम बहादुर मोक्तान, मनहरी ६ को वडा अध्यक्ष उम्मेदवार डम्बर बहादुर मोक्तान लगायतको उपस्थिति रहेको थियो ।



कमेन्टसहरु




2267309 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top