Sajhakura Dainik - बकैयामा माओवादी केन्द्रको चुनावी सभा
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

बकैयामा माओवादी केन्द्रको चुनावी सभा


समाज 5 पटक पढिएको




हेटौंडा, १६ बैशाख÷ बकैया गाउँपालिका–१, धियाँल रजुवामा नेकपा (माओवादी केन्द्र)को चुनावी सभा भएको छ ।नेकपा (माओवादी केन्द्र) १ नम्बर वडा अध्यक्षका उम्मेदवार बुद्धिमान वाइवाको सभाध्यक्षतामा सभा भएको हो ।
 कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को तर्फबाट बकैया गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार भक्तबहादुर खत्री, उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मी पाख्रिन, पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य लक्ष्मी माझी, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सचिव विजय गौतम, विमल नेपाल लगायतको आतिथ्यता रहेको थियो ।
सोही क्रममा अञ्जनसिं लामाको संयोजकत्वमा ५१ जना वाइसिएल कमिटी गठन गरिएको थियो । साथै, राप्रपा, नेपाली काँग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी १३ जना नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका थिए ।



कमेन्टसहरु




2267282 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top