Sajhakura Dainik - कैलाश गाउँपालिकाको दुई स्थानमा चुनाव प्रचारप्रसार
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

कैलाश गाउँपालिकाको दुई स्थानमा चुनाव प्रचारप्रसार


समाज 7 पटक पढिएको




हेटौंडा, १७ बैशाख÷ नेपाली काँग्रेसको चुनाव प्रचारप्रसारअन्र्तगत् कैलाश गाउँपालिकाको दुई स्थानमा आइतबार चुनाव प्रचारप्रसार अभियान गरिएको छ।

कैलाश गाउँपालिका १० को बागुनेमा साविक नामटार–६ का सभापति सीताराम भ्लोनको सभाध्यक्षता एवम् ४ नम्बर क्षेत्रीय सभापति एवम् कैलाश गाउँपालिका अध्यक्षका उम्मेदवार लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको चुनाव प्रचारप्रसार कार्यक्रममा एमाले परित्याग गरी ४१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
कैलाश गाउँपालिकाको १० कै बेतेघारीमा काँग्रेसको चुनावप्रचारप्रसार कार्यक्रम भएको छ । साविक नामटार गाविस सभापति रामकृष्ण थापाको सभाध्यक्षता एवम् ४ नम्बर क्षेत्रीय सभापति मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले परित्याग गरी ३२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
दुवै कार्यक्रममा अतिथिहरु जिल्ला सदस्य एवम् कैलाश गाउँपालिकाकी उपाध्यक्ष उम्मेदवार मिरा स्याङतान, महाधिबेशन प्रतिनिधि राजकुमार अर्याल, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, क्षेत्रीय सदस्य माणिकलाल मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।



कमेन्टसहरु




2366975 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top