हेटौंडा,२२ वैशाख÷ नेकपा एमाले गढी गाउँपालिका चुनाव प्रचार प्रसार समितिले आसन्न स्थानीय चुनावलाई लक्षित गर्दै शुक्रबार व्यापक जनसहभागिताका बीच गाउँपालिका स्तरीय चुनावीसभाको आयोजना गरेको छ ।
कार्यक्रममा माओवादी जनसेनाका पूर्व लडाकु सुकलाल मोक्तान सहित माओवादी केन्द्र र नेपाली काँग्रेसबाट १५ जना नेकपा एमाले प्रवेश गरेका छन् । गढी गाउँपालिका सुकौराका वडा संयोजक एक्का बहादुर गोलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले मकवानपुर उपाध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । रामनाथ रेग्मीको संयोजनमा सञ्चालन गरिएको कार्यक्रममा एमालेका तर्फबाट गढी गाउँपालिका अध्यक्ष उम्मेदवार बिदुर हुमागाई, उपाध्यक्ष उम्मेदवार हर्कमाया रुम्बा त्यसैगरी एमाले गढी गाउपालिका संयोजक तेजप्रसाद लम्साल, मेम्बर लो, वीरबहादुर रुम्बा, जानुका दहाल लगायतकाको उपस्थिति रहेको थियो ।