Sajhakura Dainik - महिला उद्यमीको दशैं शुभकामना कार्यक्रम
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

महिला उद्यमीको दशैं शुभकामना कार्यक्रम


अर्थ / व्यापार 11 पटक पढिएको




हेटौंडा, १९ असोज/ मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा बडादशैं, नेपाल सम्वत, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ । संघको सभाहलमा भएको कार्यक्रम संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष कृष्ण कटुवाल, पूर्वअध्यक्ष दीपक श्रेष्ठ, थाहानगर वाणिज्य संघका अध्यक्ष कविराज खत्री, पत्रकार महासंघ, मकवानपुरका सचिव कृष्ण सारुमगर, संघका कार्यसमिति सदस्य शान्तिराम धिमाल महिला उद्यमी पूर्वसभापतिशरिदी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महिला उद्यमी गायत्री श्रेष्ठको संयोजन तथा समिति सभापति निलम पाण्डेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका कोषाध्यक्ष प्रमोदसिंह
रानाभाट, कासस सन्तोष अर्याल, आमन्त्रित सदस्य राममणि दहाल, कानूनी सल्लाहकार ईश्वरराज ढकाल, सञ्चारकर्मी, महिला उद्यमी समितिका पदाधिकारी सदस्यहरु समेतको सहभागिता रहेको थियो ।



कमेन्टसहरु




2366944 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top