Sajhakura Dainik - दुई करोड खर्चेर हेटौंडामा फुटसल मैदान
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

दुई करोड खर्चेर हेटौंडामा फुटसल मैदान


अर्थ / व्यापार 17 पटक पढिएको




हेटौंडा, २२ कात्तिक÷ पछिल्लो समय लोकप्रिय खेलको रुपमा अगाडि बढिरहेको फुटसल खेलका लागि हेटौंडामा पनि इण्डोर खेल मैदान निर्माण धमाधमरुपमा अगाडि बढिरहेको छ ।

हेटौंडाका चार जना व्यवसायीहरुले हेटौंडा–४ स्थित कमलडाँडामा मंसिर पहिलो साताबाट सञ्चालनमा आउने गरी ‘इण्डोर फुटसल’ निर्माण गरेका हुन् । व्यवसायीहरु यम सिलवाल, हरिकृष्ण मैनाली, रघुराम कार्की र बिजय गिरीले संयुक्तरुपमा करिब दुई करोड रुपियाँ खर्चेर करिब छ कठ्ठा क्षेत्रफलमा खेल मैदान तयार पार्न थालेका हुन् । उक्त स्थानमा खेल मैदानसहित स्वीमिङ पुलसमेत निर्माण हुनेछन् । ‘मैदानमात्र होइन । स्वीमिङ पुलसमेत आकर्षक हुनेछन्’, सिलवालले भने ।
सिलवालले उक्त स्थानमा मैदान, स्वीमिङ पुल, चेञ्जिङ रुम, रेष्ट रुम, क्याफे र सानो खेलाडी बक्स हुनेछ । ‘यहाँ प्रयोग हुने सामान र कामदार हेटौंडामा नपाइने रहेछ । जसको कारणले गर्दा हामीले दशैं अगाडिबाट सञ्चानलमा ल्याउने गरी तयारी गरेपनि भ्याएनौं’, उक्त मैदानमा प्रयोग हुने कार्पेट चीनबाट ल्याइएको हो । ‘हेटौंडाका लागि यो एकदमै नौलो हो । हामीले यसलाई बिस्तारै प्रचारप्रसार ल्याएर व्यावसायिकरुपमा अगाडि बढाउने सोंच राखेका
छौं ।’
सिलवालले करिब चारवर्ष अगाडि नै काठमाडौंमा फुटसलमा लगानी गरेका थिए । उक्त फुटसलबाट बटुलेको अनुभवलाई हेटौंडामा पूर्णरुपमा सदुपयोग गर्ने उद्देश्यसाथ उनले हेटौंडाको विद्यालय, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, पुराना खेलाडी, वित्तीय संस्थालाई लक्षित गरेर उक्त योजना अगाडि बढाएका हुन् । ‘हामी दुर्इ प्रकारले यसलाई सञ्चालनमा ल्याउनेछौं । एउटा प्रतियोगिता गराएर अर्को निश्चित समयको लागि भाडामा दिएर ।’
उनले यो मैदान व्यस्त भएको खण्डमा अर्को मैदान निर्माणका लागिसमेत आफूहरुले तयारी गरेर अगाडि बढिरहेको बताए । ‘हेटौंडाको सर्वपक्षीय विकास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैअनुसार हामीले यसतर्फ लगानी गरेका हौं । हामी यसमा सफल भएको खण्डमा हेटौंडाकै अर्को स्थानमा समेत मैदान बनाउने तयारीसाथ अगाडि बढेका छौं’, उनले भने ।
उनका अनुसार उक्त मैदानमा प्रतिखेल÷प्रतिघण्टा एक हजार रुपियाँदेखि एक हजार पाँच सय रुपियाँसम्म भाडा निर्धारण गर्ने सोच बनाइएको छ । उनका अनुसार नेपालका प्रमुख शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, धरान, विराटनगर, नारायणगढमा फुटसल लोकप्रिय रहेको छ । फुटसल सानो मैदानमा पाँच जनाले खेलिने फुटबलको सानो स्वरुप हो ।



कमेन्टसहरु




2292515 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top