Sajhakura Dainik - आर्मी र पोखरा हक्कीको फाइनलमा
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
खेलकुद

आर्मी र पोखरा हक्कीको फाइनलमा


खेलकुद 53 पटक पढिएको




हेटौंडा–१३, वैशाख÷ हेटौंडामा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिता–२०७४ को फाइनलमा नेपाल आर्मी क्लब र प्रदेश नम्बर–४, पोखरा भिड्ने भएका छन् ।

बुधबार सम्पन्न सेमिफाइनलमा आर्मीले आयोजक क्षेत्र नम्बर–३, हेटौंडाको चुनौती ५–० र पोखराले क्षेत्र नम्बर–७, सुदुरपश्चिमको चुनौती सडनडेथमा ४–३ गोलअन्तरले पन्छाउँदै उपाधिका लागि फाइनलमा स्थान सुरक्षित बनाएको हो । जिल्ला हक्की संघ मकवानपुरको आयोजनामा हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा प्रतियोगिताको फाइनल शुक्रबार दिउँसो हुनेछ ।
आर्मीका लागि कमल चन्दले २१ मिनेट, पिंकी सिञ्जालीले २४ मिनेट, टंकमाया खपाड्डीले १९ मिनेटमा र सीता माया बल ३१ र ५८ औं मिनेटमा गोल गरेका थिए । शारीरिक रुपमा बलियो रहेको आर्मी खेलभर नै हेटौंडामाथि हावी भयो । आर्मीको अगाडि हेटौंडाका खेलाडीहरु फिक्का देखिए पनि खेलभर मौका सिर्जना गर्नका लागि कोसिस भने गरिरहेका थिए ।
निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि सडनडेथमा जित हात पार्दै पोखरा पनि उपाधि नजिक पुगेको छ । सडन डेथमा पोखराका लागि सुनिता गुरुङले दुई, मिना परियार र पवित्रा गुरुङले एक÷एक गोल गरेकी थिइन् । सुदुरपश्चिमका लागि अञ्जु डमौरा तारा मल्ल र शिल्पा डमौराले गोल गरे पनि जित भने दिलाउन सकेनन् ।
आर्मी र पोखरा दुवै लिगचरणमा आआफ्नो समूहको विजेता हुन् । दुवै टोलीले हालसम्म कुनै पनि खेल हारेका छैनन् । सेमिफाइनलमा पराजित हेटौंडा र सुदुरपश्चिमले तेस्रो स्थानका लागि बुधबार प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५१ हजार रुपियाँ र ३१ हजार रुपियाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले २१ हजार रुपियाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा छ टोलीको सहभागिता रहेको थियो ।



कमेन्टसहरु




2267293 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top