Sajhakura Dainik - सुदुरपश्चिम तेस्रो स्थानमा
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
खेलकुद

सुदुरपश्चिम तेस्रो स्थानमा


खेलकुद 29 पटक पढिएको




हेटौंडा–१४, वैशाख÷ प्रदेश नम्बर–७, सुदुरपश्चिमाञ्चल हेटौंडामा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिता–२०७४ तेस्रो भएको छ ।
जिल्ला हक्की संघ मकवानपुरको आयोजनामा हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा विहीबार विहान तेस्रो स्थानका लागि भएको खेलमा प्रदेश नम्बर–३, हेटौंडाको चुनौती १–० गोलअन्तरले पन्छाउँदै सुदुरपश्चिमाञ्चलले तेस्रो स्थानमा आफ्नो हेटौंडा यात्रा टुंग्याएको हो ।
सुदुरपश्चिमाञ्चलको जितमा एकमात्र निर्णायक गोल ५५ औं मिनेटमा विन्दु रावलले गरेकी थिइन् । जितसँगै सुदुरपश्चिमाञ्चलले २१ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने निश्चित भएको छ ।
प्रतियोगिताअन्तर्गत् उपाधिका लागि शुक्रबार नेपाली आर्मी क्लब र पोखराबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र पोखरा दुवै लिग चरणमा आआफ्नो समूहको विजेता हुन् । दुवै टोलीले हालसम्म कुनै पनि खेल हारेका छैनन् ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५१ हजार रुपियाँ र ३१ हजार रुपियाँ प्राप्त गर्नेछन् ।प्रतियोगितामा छ टोलीको सहभागिता रहेको थियो।

हेटौंडा–५ मा काँग्रेसको चुनावी अभियान तीव्र
हेटौंडा, १४ वैशाख÷ नेपाली काँग्रेस हेटौंडा–५ नम्बर इकाई समितिले चुनावी अभियानलाई तीब्रता दिएको छ । अभियानअन्तर्गत् विहीबार प्रचार कार्यालय उद्घाटन, प्रवेश कार्यक्रम र घरदैलो गरेको हो ।
कांग्रेसले जिएस टोलमा प्रचार कार्यालय शुभारम्भ गर्दै प्रचार समिति गठन गरेको छ । जीएस टोलमा तारा बस्नेतको संयोजकत्वमा २५ सदस्यीय टोलस्तरीय चुनाव प्रचारप्रसार समिति गठन गरेको सदस्यका उम्मेदवार एवम् वडा सभापति यम श्रेष्ठले बताए ।
सानोपोखरामा भएको पार्टी प्रेवश कार्यक्रममा राम थापासहित ७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाल महिला संघकी संस्थापक सदस्य शकुन्तला आचार्यले स्वागत गरेकी थिइन् । यसैगरी, अध्यक्षका उम्मेदवार राजेश बानियाँसहितको टोलीले चिसापानी क्षेत्रमा घरदैलो समेत गरेको थियो ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार राजेश बानियाँ, सदस्यका उम्मेदवार अञ्जनी पराजुली, यम श्रेष्ठ, प्रमिला खतिवडा, मनमाया विक, कांग्रेस ५ नम्बर इकाईं उपसभापति टिका चौलागाई, सचिव बद्री लम्साल, कोषाध्यक्ष रेवतिरमण पहाडी, नेताहरु निरञ्जन श्रेष्ठ, भवानीशंकर चौलागाईलगायतको सहभागिता रहेको थियो ।



कमेन्टसहरु




2267265 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top