Sajhakura Dainik - शेर्पाद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
खेलकुद

शेर्पाद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा


खेलकुद 9 पटक पढिएको




हेटौंडा, २७ माघ÷ अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वउपाध्यक्ष कर्माछिरिङ शर्पाले पुनः एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 विभिन्न जिल्ला संघ, ए, बी, सी डिभिजन प्रतिनिधि तथा फुटबलका अन्य सरोकारावालको ठूलो दलबलसहित राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै शेर्पाले चैतमा हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

तत्कालिन अध्यक्ष गणेश थापामाथि फिफाले दशवर्षको प्रतिबन्ध लगाएपछि १५ महिना अघि रिक्त पदका लागि भएको निर्वाचनमा शर्पा र उनको पक्षबाट उपाध्यक्षमा उम्मेदवारी दिएका दीपक खाती पराजित भएका थिए । एन्फाको १ वर्षे बाँकी अवधिका लागि गतवर्ष मंसिरमा भएको निर्वानमा अध्यक्षमा नरेन्द्र श्रेष्ठ र उपाध्यक्षमा मणि कुँवर विजयी भएका थिए ।

अघिल्लो वर्षभन्दा एन्फा निर्वाचनमा यसपटक समिकरणमा फेरबेदल देखिएको छ । श्रेष्ठको पक्षलाई समर्थन गर्दै त्यति बेला एन्फाको मानार्थ अध्यक्ष बनेका टासी घले, पूर्वराष्ट्रिय खेलाडी विज्ञानराज शर्मालगायतले यसपटक शेर्पालाई समर्थन गर्ने भएका छन् । एन्फा निर्वाचनमा महत्वपूर्ण व्यक्ति मानिएका एन्फाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्द्रमान तुलाधर पनि यसपटक शर्पाको पक्षमा उभिएका छन् । यसअघि उनी संस्थापन पक्षमा थिए । शेर्पा पक्षले उनलाई महासचिवका रुपमा मनोनयन गर्ने सहमति भएको बुझिएको छ ।

‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्ष समेत रहेका शेर्पा लामो समय एन्फामा उपाध्यक्षका रुपमा रहेका थिए । तत्कालिन अध्यक्ष थापाको कार्याकालमा झन्डै १४ वर्ष उपाध्यक्ष रहेका उनी पछिल्लो एक वर्षभने एन्फा बाहिर छन् । गतवर्ष एन्फा उपाध्यक्षबाट राजीनामा दिएर उनी अध्यक्षका प्रत्यासी बनेका थिए । २०७० को एन्फा निर्वाचनपछि केहि समयपछि भने उनले फुटबललाई भ्रष्टाचारमुक्त बनाउनु पर्छ भन्दै थापा र एन्फाविरुद्ध अभियानको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिमा उजुरी दर्ता भएको थियो।

लेखा समितिले ५८ करोड एन्फामा भ्रष्टाचार भएको ठहर गरेपछि अख्तियारले भने थापाको मुद्दालाई तामेलीमा राखेको थियो । पछि फिफाले भ्रष्टाचारमा संलग्न भएको भन्दै थापालाई १० वर्षको प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । झन्डै २ दशक एन्फाको नेतृत्व 

गरेका थापाको बर्हिगमनसँगै फुटबलमा नयाँ नेतृत्व स्थापना भएको थियो ।

नयाँ नेतृत्वका लागि एन्फाको निर्वाचन चैत १४ गते हुँदैछ । एन्फाका ४५ जिल्लामध्ये ३ जिल्लाबाहेकमा निर्वाचन सम्पन्न भइसकेको छ । भक्तपुर र नवलपरासीको निर्वाचन विवाद अदालतमा विचाराधिन छ भने मकवानपुरको निर्वाचनलाई एन्फाले मान्यता 

दिएको छैन । हरेक जिल्लाबाट एकजना, १४ ए डिभिजन क्लबबाट समान एक , बी डिभिजनमध्ये बाट नौ, सी डिभिजनमध्ये बाट पाँच जना तथा चार समिति (खेलाडी, प्रशिक्षक, महिला र रेफ्री) समितिका समान एक÷एक गरी  ७७ जनाले मतदात गर्न पाउनेछन् । रेफ्री समितिको निर्वाचन पनि उच्च अदालत पाटनमा विचाराधिन छ ।





कमेन्टसहरु




2292523 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top