Sajhakura Dainik - हिसिलाको बचाउमा करिश्माको कडा प्रतिक्रिया
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
मनोरञ्जन

हिसिलाको बचाउमा करिश्माको कडा प्रतिक्रिया


मनोरञ्जन 57 पटक पढिएको




नयाँ शक्ति नेपालकी नेतृ एवम् सदाबहार नायिका करिश्मा मानन्धरले ‘देश खारेज गर’ भनेर नारा लगाउने हिसिला यमीको बचाउमा कडा प्रतिक्रिया दिएकी छन् ।

डा. बाबुराम भट्टराईको पार्टीमा लागेर पछिल्लो समय विवादमा तानिएकी करिश्मा हिसिलाको बचाउमा लागेर अर्को विवादमा तानिएकी छन् ।
उनले आइतबार बिहान निर्वाचन आयोगमा धर्ना दिने क्रममा नयाँ शक्ति नेपालकी नेतृ हिसिलाले ‘यो देश खारेज गर’ भन्दै लगाएको नाराको बचाउ गर्न खोजेकी छन् ।
यद्यपि हिसिलाले आफूले बेहोसीमा त्यस्तो नारा लगाउन पुगेको भन्दै माफी समेत मागिसकेकी छन् । तर, करिश्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हिसिलाको बचाउ गर्न खोजेकी हुन् ।
उनले डबिङ गरेर हिसिलाको चरित्र हत्या गर्न खोजेको आरोप लगाएकी छन् । फेसबुकमार्फत् उनले भनेकी छन्– ‘म सिनेमाको कलाकार हुँ, प्रविधि बुझ्छु । हिसिला यमीको जसले डबिङ गरेर हालेर उहाँको चरित्र हत्या गर्न खोजेको हो । तिनलाई थाहा भएनछ, खुला ठाउँमा इको आउँदैन । फेरि डबिङ गरेर अझै झुटो थपेर हाल्नुहोस् ।’    यस्तो स्टाटस पोष्ट भएपछि उनको फेसबुकमा कैयौं नराम्रा कमेन्ट आएका थिए । त्यसलगत्तै उनी त्यो पोष्ट हटाउन बाध्य भएकी छन् ।



कमेन्टसहरु




2292560 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top