Sajhakura Dainik - निखिल उप्रेतीलाई आफ्नै मूर्ति उपहार
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
मनोरञ्जन

निखिल उप्रेतीलाई आफ्नै मूर्ति उपहार


मनोरञ्जन 24 पटक पढिएको




नायक निखिल उप्रेतीलाई उनकै अर्धकदको मूर्ति उपहार दिइएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा निखिल अभिनित चलचित्र राधेमा प्रयोग गरिएको उनको अर्धकदको मूर्ति हस्तान्तरण गरिएको हो ।

मूर्तिकार नवीन सुवेदीले निखिलको अर्धकदको मूर्ति उपहार दिएका हुन् । यही वैशाख १ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको राधेलाई जगदिश्वर थापाले लेखन तथा निर्देशन गरेका हुन् ।
पत्रकार सम्मेलनमा नायक निखिल उप्रेती, नायिका प्रियंका कार्कीको साथमा अन्य कलाकारहरु प्रमोद अग्रहरि, शिशिर भण्डारी उपस्थित रहेपनि नायिका आशिष्मा नकर्मी भने उपस्थित भइनन् ।
सुशील पोखरेलको कथामा निर्माण भएको यो चलचित्रले वेपत्ता पारिएको एक पात्रको कथालाई उठान गर्नेछ । कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले ‘राधे’ सबै नेपालीको कथा भएको बताए ।
उनले चलचित्रमा आफूले यसपटक अभिनय गर्ने कोशिश गरेको सुनाए । यस्तै, नायिका प्रियंका कार्कीले आफूलाई यो चलचित्रको प्रतीक्षा रहेको सुनाइन् ।



कमेन्टसहरु




2267296 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top