Sajhakura Dainik - नयाँ बर्षमा रिलिज फिल्मको ओपनिङ सुखद्
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
मनोरञ्जन

नयाँ बर्षमा रिलिज फिल्मको ओपनिङ सुखद्


मनोरञ्जन 50 पटक पढिएको




नयाँ बर्ष २०७४ को छेकोमा प्रदर्शनमा आएका तीन नेपाली फिल्मको ओपनिङ सुखद् देखिएको छ ।सिंगल स्क्रीनका बादशाहको उपमा पाएका अभिनेता निखिल उप्रेतीको फिल्म ‘राधे’ले बम्पर ओपनिङ गरेको छ ।
राजधानीसहित देशैभरका अधिकांश सिंगल स्क्रीनमा ‘राधे’ हाउसफूल छ । राजधानीको गोपीकृष्ण हलमा मात्रै यो फिल्मको तीन पर्दा हाउसफूलपछि अर्को पर्दाको समेत माग बढेको बताइएको छ । अष्टनारायण, गुणमा पनि दर्शकको चाप उस्तै छ ।
यस्तै, प्रदर्शनमा आएका मल्टिप्लेक्स लक्षित दुई फिल्म ‘लभ लभ लभ’ र ‘घामपानी’ले पनि आशातित ओपनिङ गरेका छन् । शुक्रबार दुबै फिल्मलाई अधिकांश दर्शकले मन पराएका छन् । तर राजधानीका मल्टिप्लेक्समा दयाहाङ राई र केकी अधिकारीको ‘घामपानी’ भन्दा दिपेन्द्र के खनाल निर्देशित ‘लभ लभ लभ’ विजनेस केहि माथि पाइएको छ ।
निर्देशक खनालले सिभिल मल, लाविङ मल, बिग सिनेमा, जय नेपालका अधिकांश दिवा शोहरु हाउसफूल भएको जानकारी दिए । प्रेस शोमा समीक्षकबाट पाएको प्रतिक्रिया अनि पहिलो शोका दर्शकबाट मिलेको उच्च ‘वर्ड अफ माउथ’ले फिल्मको विजनेसमा ठूलो प्रभाव पारेको छ । फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् ।
उता दिपेन्द्र लामा निर्देशित घामपानीको पनि ‘वर्ड अफ माउथ’ राम्रो छ । स्टारकास्टले भरिपूर्ण फिल्म हेर्न बिहानीभन्दा दिवा शोमा दर्शकको चाप बढेको पाइएको छ । दिवा शोमा सिभिल र लाविङ मल हाउसफूल छ ।



कमेन्टसहरु




2267308 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top