Sajhakura Dainik - आज भ्यालेन्टाइन डे मनाइँदै
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
मनोरञ्जन

आज भ्यालेन्टाइन डे मनाइँदै


मनोरञ्जन 1 पटक पढिएको




हेटौंडा, १ फागुन÷ १४ फेब्रुअरी अर्थात प्रणय दिवस बुधबार विश्वभर आफन्त परिवार, साथीभाइलाई उपहार, गुलावको फूल दिई एक आपसमा प्रेम साटासाट गरी मनाईंदैछ ।

 विशेषगरी प्रणय दिवसको दिनलाई प्रेम अभिव्यक्त गर्ने दिनका रुपमा लिईन्छ ।

यो दिन अभिव्यक्त गरिएको प्रेम सफल हुन्छ भन्ने विश्वास रहि आएको छ । प्रणय दिवस पश्चिमा संस्कृति भएपनि केहि वर्ष यता नेपालमा यो दिवसप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । मायाप्रेमलाई आत्मिय सम्बन्ध मानिए पनि पछिल्ला समयमा विकृतितर्फ उन्मूख भैरहेको छ ।

ईशापूर्वकालमा इटलीका तत्कालिन शासक क्लाउडियसको तानाशाहीको विरोधमा उत्रिएका प्रेमका  पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । प्रेम र मानवताका अनुयाई भ्यालेन्टाईनको सम्झनामा हरेक वर्षको १४ फेब्रुअरीमा यो दिवस मनाईन्छ ।

यसैबीच प्रेम दिवसमा धेरै कारोबार हुने भएकाले  भारतबाट ५० लाख रुपैयाँको गुलाव आयात गरिएको छ । यो गएको वर्षको तुलनामा झण्डै दोब्बरले बढी हो । प्रेम दिवसप्रतिको आकर्षण बढ्दो तर त्यहि अनुपातमा गुलावको उत्पादन नहुँदा आयात बढेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ ।

कृत्रिम फूल छिट्टै नबिग्रने भएकाले उपभोक्ताको आकर्षण बढेको छ । विशेष गरी आजको दिनमा यहाँका युवायुवतीहरु विभिन्न पर्यटकीय स्थलहरुमा घुमघाम गरेर दिन विताउनेछन् । यहाँ स्मारकलगायत विभिन्न पर्यटकीय पार्क रहेका छन् ।





कमेन्टसहरु




2267303 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top