Sajhakura Dainik - मकवानपुरलाई सर्पगन्धाको पकेट क्षेत्र बनाउने तयारी
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

मकवानपुरलाई सर्पगन्धाको पकेट क्षेत्र बनाउने तयारी


अर्थ / व्यापार 39 पटक पढिएको


मकवानपुरलाई सर्पगन्धाको पकेट क्षेत्र बनाउने तयारी


हेटौंडा, २ कात्तिक÷ मकवानपुर जिल्लालाई सर्पगन्धा जडिबुटी खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारीस्वरुप पश्चिमी गाविस मनहरीमा खेतीको तयारी थालिएको छ ।

जिल्ला वनस्पति कार्यालय मकवानपुरले मनहरी–३ स्थित पशुपति सामुदायिक वन क्षेत्रको हाइटेन्सन लाइनमुनिका क्षेत्रमा सर्पगन्धा खेतीको तयारी थालेको हो । प्रारम्भिक चरणमा सामुदायिक वनसंगको सम्झौतामा करिब दुई हेक्टर क्षेत्रफल छनौट गरी माटो तयारीको काम थालिएको कार्यालयका प्रमुख नरहरि चापागाईंले जानकारी दिए ।
पशुपति सावउसका अध्यक्ष रघुनाथ लामाका अनुसार वन समूहमा रहेका उपभोक्तामध्ये २३÷२३ जनाको सात वटा समूह निर्माण गरेर ती सबै समूहमा गरी हाल ५० हजार बिरुवा रोप्ने काम थालनी भएको छ । उक्त रक्तचाप र सर्पले डसेको निको पार्ने औषधीको रुपमा प्रयोग हुने सर्पगन्धाको अन्य थुप्रै औषधीय गुण हुने प्रमुख चापागाईंले बताए ।
घाँस खेतीभित्र मिश्रितरुपमा लगाउन सकिने र पूर्वपश्चिम राजमार्गको नजिक रहेकाले देशभरि बिरुवा र उत्पादित जडिबुटी पु¥याउन सहज हुने हुँदा पशुपति सामुदायिक वनमा नमूनाको रुपमा खेती सुरुवात गरिएको प्रमुख चापागाईंले बताए ।
‘मकवानपुरको हावापानी अनुसार सर्पगन्धा खेती अत्यन्तै उपयोगी छ, त्यसैले सर्पगन्धा खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ’, वनस्पति कार्यालयका प्रमुख चापागाईंले रोपिएको दुई वर्षभित्र उत्पादन लिन सकिने हुँदा विपन्न समुदायहरुको बाहुल्य रहेको सामुदायिक वनबाट उपभोक्ताले राम्रो आयआर्जन गर्न सक्ने बताए ।
पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लामाले आफ्नो सामुदायिक वन क्षेत्रबाट विद्युत्का हाइटेन्सन लाइनहरु धेरै गएकाले सोही लाइनको मुनिमात्रै रोप्दा पनि वनको आयआर्जन बृद्धि हुने विश्वास व्यक्त गरे ।



कमेन्टसहरु




2332525 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top