Sajhakura Dainik - ‘वीपीको विचार अवलम्बन गर्न जरुरी’
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साहित्य

‘वीपीको विचार अवलम्बन गर्न जरुरी’


साहित्य 3 पटक पढिएको




हेटौंडा, २४ असार÷ ३६ औं वीपी स्मृती दिवसको सन्र्दभमा वीपी विचार समाज मकवानपुरले वर्तमान अवस्थामा वीपी विचारको सान्दर्भिकता बिषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।
 
नेपाली काँग्रेस मकवानपुरका पूर्वसभापति माईकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य प्रदिप कोइराला, हेटौंडा अस्पतालका अध्यक्ष रमेश गिरी, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दलका नगर अध्यक्ष सुनिल गिरी, वीपी विचार समाजका सदस्य हरिप्रसाद पौडेललगायतकाले वीपीको विचारलाई चर्चा गर्दै काँग्रेसले वीपीको विचारलाई बिर्सदै गएकोले वीपीको विचारलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
वीपी विचार समाज मकवानपुरका कार्यवाहक सभापति विष्णु दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसको भातृ संगठनका पदाधीकारीलगायत अन्य व्यक्तिहरुको उपस्थितिरहेको थियो । जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा कार्यक्रम भएको हो ।



कमेन्टसहरु




2267290 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top