Sajhakura Dainik - गणेशलालको स्मृतिमा कविता प्रतियोगिता
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साहित्य

गणेशलालको स्मृतिमा कविता प्रतियोगिता


साहित्य 7 पटक पढिएको




हेटौंडा, ३ भदौ÷ लोककवि गणेशलाल श्रेष्ठको १ सय छैठौं स्मृतिमा कविता प्रतियोगिता ११३७ आयोजना गरिएको छ । नेपाल भाषाः खलः मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको प्रतियोगितामा २ महिलासहित ७ जना प्रतिष्पर्धी थिए ।

 प्रतियोगितामा पवन शाक्य, जनार्दन नेपाल र अनिता न्यौपानेले क्रमशः प्रथम, द्धितीय र तृतीय हुँदै १० हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र पाए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका शहरी विकास, अनुसन्धान तथा वातावरण महाशाखा प्रबन्धक बीके महर्जनको प्रमुख आतिथ्य तथा नेपाल भाषाः खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मानन्धरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नियमराज शाक्य, प्रेमजी श्रेष्ठ र माधव खनाल निर्णायक थिए ।

कार्यक्रममा नेपाल भाषाः खलः मकवानपुरका संरक्षक रुद्रहरी जोशी, बरिष्ठ साहित्यकार तुलसी थापा, लोककवि गणेशलाल श्रेष्ठका छोरा केशवलाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार आरसी रिजाल, विश्वनारायण श्रेष्ठले पनि साहित्यिक रचना बाचन गरेका थिए ।

बिगत ७ बर्षदेखि लोककवि श्रेष्ठको स्मृतिमा भाषाः खलःले हेटौंडामा साहित्यिक कार्यक्रम गर्दै आएको छ । यसैबर्ष आफ्नो पिता लोककवि गणेशलाल श्रेष्ठको स्मृतिमा कार्यक्रम गर्न सहयोग पु¥याउन छोरा केशवलालले मुद्दती खातामा पाँच लाख रुपैयाँ जम्मा गरेका छन् । बैंकबाट आउने रकमको ब्याजले हरेक वर्ष लोककवि श्रेष्ठकोस्मृतिमा साहित्य कार्यक्रम गरी पुरस्कार प्रदान गरिने बताइएको छ ।





कमेन्टसहरु




2350370 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top