Sajhakura Dainik - कपडा पाउँदा बालबालिका खुशी
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

कपडा पाउँदा बालबालिका खुशी


समाचार 38 पटक पढिएको




हेटौंडा, ७ असोज÷ ग्रामीण जीवनस्तर सुधार मञ्चद्वारा हेटौंडा–५ मा सञ्चालन हुँदै आएको ‘हाम्रो घर’ मा आश्रित अनाथ बालबालिकाहरु दशैं आएसंगै नयाँ लत्ताकपडा पाएपछि शनिबार औधी खुशी भए ।

हेटौंडाका सुनचाँदी व्यवसायीहरुले संयुक्तरुपमा आर्थिक संकलन गरेर हाम्रो घरमा आश्रित ३० जना बालबालिकाहरुको लागि लत्ताकपडा खरिद गरिदिएका थिए । सहयोगी व्यवसायीहरुले केही दिनअघि बालबालिकाहरुलाई हेटौंडाको एक फेन्सी पसलमा ल्याएर ज्यान अनुसारको कपडा छानीछानी किनिदिएका थिए । उक्त कपडा शनिबार विहान एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

आश्रमकी सञ्चालक इन्दिरा न्यौपानेले बालबालिकाहरुको लागि चाडपर्व टार्न समस्या परिरहेको अवस्थामा व्यवसायीहरुले गरेको सहयोग अतुलनीय भएको बताइन् । ‘आश्रममा रहेका बालबालिकालाई चाडपर्वमा मीठा खाना खुवाउन र  लत्ताकपडा दिन समस्या पर्ने गरेको थियो’, सञ्चालक न्यौपानेले व्यवसायीको सहयोगबाट ठूलो राहत मिलेको बताइन् ।

हेटौंडाका व्यवसायीहरु राजकुमार रसाइली, धन गहतराज, राजकुमार घिमिरे, नवराज रसाइली, श्याम गजमेर, काजी सुनार, कमल सिन्च्यूरी, शम्भु गहतराज, गोपीलाल विक, विमल विश्वकर्मा, सुरज सुनार, लालु दूतराज, बद्री सुनार हेटौंडा), बद्री सुनार (मनहरी), बिजय सापकोटा, रामकृष्ण खाती, उमेर सिन्च्यूरी, बुधलाल विक (काठमाडौं), रमेश सुनार, बासुदेव सुवेदी र विकास सुनारले संयुक्तरुपमा सहयोग गरेका हुन् ।

लत्ताकपडासहित मासु खानको लागि नगद तीन हजार तीनसय रुपियाँ पनि हस्तान्तरण गरिएको कार्यक्रममा उपस्थितहरुले दशैंको अवसरमाबालबालिकासंग संयुक्तरुपमा भोजनसमेत गरेका थिए । कार्यक्रममा हेटौंडा वडा नम्बर–१ अध्यक्ष सविन न्यौपाने र संगीतकार प्रमेन्द्र महर्जनको विशेष उपस्थिति थियो ।





कमेन्टसहरु




2332532 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top