Sajhakura Dainik - बोस जोडी ब्याडमिन्टन च्याम्पियन
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
खेलकुद

बोस जोडी ब्याडमिन्टन च्याम्पियन


खेलकुद 2 पटक पढिएको




हेटौंडा, ७ असोज÷ वीके बोस र अभिषेक बोसले जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

शनिबार भएको फाइनल खेलमा छोरा अभिषेक बोसलाई पार्टनर लिएर खेलेका बाबुछोराको जोडीले महेश श्रेष्ठ र सुजित मल्लको टिमलाई २१–११ र २१–१७ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । क्यान्सरको उपचारपश्चात् बीके बोस एकमहिना अघिबाट खेलमा फर्किएका थिए ।

खुट्टाको क्यान्सरको कारण बोसले भारतको कोलकतास्थित टाटा अस्पताल र नेपालको ललितपुरस्थित अल्का अस्पतालमा छमहिना उपचार गराएका थिए । हेटौंडा औद्योगिक क्षेत्रको कभर्डहलमा भएको खेलमा उपाधि जित्दै बोस बाबुछोराको टीमले नगद ५ हजार पुरस्कार र मेडल जितेका छन्।

द्वितीय हुने श्रेष्ठ र मल्लको टोलीले नगद ३ हजार र तृतीय हुने सत्यनारायण शाह र भुलेन्द्र चौधरी र त्रिभुवन विष्ट र हरिप्रसाद दुवाडीको टिमले नगद १५ सय पुरस्कार जित्न सफल भए ।  प्रतियोगितामा प्रभाकर भण्डारी र शिशिर थापाले बेस्ट प्लेयर घोषित हुँदै नगद पाँचसय पुरस्कार जितेका छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीसहित प्रथम, द्वितीय र तृतीय हुने टिमलाई प्रहरी उपरिक्षक विकासराज खनालले पुरस्कार र मेडल प्रदान  गरेका थिए ।





कमेन्टसहरु




2332564 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top