Sajhakura Dainik - खसीमा बाख्राको मासु मिसाएर बेच्ने पसलमा शिलबन्दी
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

खसीमा बाख्राको मासु मिसाएर बेच्ने पसलमा शिलबन्दी


समाचार 8 पटक पढिएको


खसीमा बाख्राको मासु मिसाएर बेच्ने पसलमा शिलबन्दी


हेटौंडा, २५ माघ÷ हेटौंडा–१० मा रहेको अनवर मिट सपमा प्रशासनले शिलबन्दी गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा बिहीबार अनुमगनका लागि गएको टोलीले अनुगमनको क्रममा बाख्रा र खसीको मासु मिसाएर बिक्री गरिरहेको पाएपछि शिल गरेको हो ।


१५ वटा पसलमा अनुगमन गरिएकोमा म्याद गुज्रेका सामान, घरेलु मदिरलगायत जफत गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा सहदेव आचार्यले जानकारी दिए । साथै दर्ता नभएका सात वटा पसललाई दर्ता हुन र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन टोलीले निर्देशन दिएको छ। 

व्यवसायीले उपभोक्तालाई विभिन्न किसिमले ठगी गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको निर्देशनमा अनुगमन टोली खटिएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन अमात्यको नेतृत्वमा हेटौंडा बसपार्क क्षेत्रमा टोली खटिएको थियो । त्यस्तै असई दीपक सिंहको नेतृत्वमा खटिएको टोलीले बसपार्कबाट करिब ४ सय लिटर घरेलु मदिरा जफत गरेको छ । त्यस्तै म्याद गुज्रिएका फ्रुटी, रियल, डिउ लगायतका पेयपदार्थ र बिस्कुट जस्ता खाद्यपदार्थहरु पनि जफत गरिएको छ । अनुगमन टोलीमा अमात्य सहित जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेव आचार्य, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक कौशल ओझा, उपभोक्ता हकहित संरक्षण मञ्चका बासु खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेलगायतको सहभागिता रहेको थियो ।





कमेन्टसहरु




2292506 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top