Sajhakura Dainik - तीन नम्बर प्रदेशको सभामुखमा सानु श्रेष्ठ निर्विरोध
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

तीन नम्बर प्रदेशको सभामुखमा सानु श्रेष्ठ निर्विरोध


समाचार 9 पटक पढिएको


तीन नम्बर प्रदेशको सभामुखमा सानु श्रेष्ठ निर्विरोध


हेटौंडा, २७ माघ÷ तीन नम्बर प्रदेशको सभामुखमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य बनेका साुनकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

प्रदेशसभाको सचिवालय हेटौंडामा शनिबार भएको सभामुखको निर्वाचन कार्यक्रममा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

सभामुखको लागि शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको  समय तोकिएको थियो । सो समयमा श्रेष्ठको एक्लो उम्मेदवारी परेपछि प्रदेशसभाको बैठकले उनलाई निर्विरोध निर्वाचित गरेको हो । प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य डोरमणि पौडेलले सभामा श्रेष्ठलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल प्रस्तावक र एमालेका रामेश्वर फुयालको समर्थनमा श्रेष्ठले मनोनयन दर्ता गरेका थिए । 

एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएपछि श्रेष्ठलाई सभामुख बनाउने निर्णय एमालेले गरेको थियो । प्रदेशसभामा एमाले एक्लैको बहुमत रहेकोमा माओवादी केन्द्रकोसमेत समर्थनमा श्रेष्ठले सभामुखमा उम्मेदवारी दिएका थिए । काठमाडौं–३५ कोटेश्वर निवासी ५८ वर्षीय श्रेष्ठ  काठमाडौं क्षेत्र नम्बर दुइको ‘क’बाट निर्वाचित भएका थिए ।

श्रेष्ठ एमालेका पोलिटब्यूरो सदस्य हुन् । मुख्यमन्त्रीका दाबेदार समेत रहेका श्रेष्ठलाई सभामुख बनाउने गरी ब्याक गरिएको थियो । डोरमणि पौडेललाई मुख्यमन्त्रीको लागि पठाएर श्रेष्ठले सभामुख लिने सहमति भएको थियो । सभामुख निर्वाचित भएपछि श्रेष्ठले बेलुकी ५ बजे हेटौंडा–१० मा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोइरालाबाट सपथ ग्रहण गरेका थिए । उपसभामुखको निर्वाचन आज आइतबारको लागि तोकिएको छ । आज हुने उपसभामुखको निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सभासद बनेकी राधिका तामाङ निर्वाचित हुने निश्चित देखिएको छ । 

बाम गठबन्धनमा माओवादीको भागमा उपसभामुख परेकोमा यसअघि नै माओवादीले राधिकालाई उपसभामुखमा उठाउने निर्णय गरिसकेको छ । एक सय ११० जना सभासद रहेको प्रदेशसभामा एमाले एक्लैको ५८ मत छ । भने माओवादी केन्द्रको २३ मत रहेको छ । एमाले र माओवादीका संयुक्त उम्मेदवार बन्दै गरेकी तामाङको जीत सुनिश्चित देखिन्छ। प्रदेशसभामा काँग्रेसको २१, विवेकशील साझा पार्टीको तीन, नेमकिपाको २, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिको एक÷एक प्रदेशसभा सभासद रहेका छन् ।





कमेन्टसहरु




2332533 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top