Sajhakura Dainik - हेटौंडाका डोरमणि पौडेल तीन नम्बर प्रदेशको मुख्यमन्त्री नियुक्त
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

हेटौंडाका डोरमणि पौडेल तीन नम्बर प्रदेशको मुख्यमन्त्री नियुक्त


समाचार 24 पटक पढिएको


हेटौंडाका डोरमणि पौडेल तीन नम्बर प्रदेशको मुख्यमन्त्री नियुक्त


हेटौंडा, २८ माघ÷ नेकपा एमाले तीन नम्बर प्रदेशका संसदीय दलका नेता डोरमणि पौडेल प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।


एमाले संसदीय दलको कार्यालयले पौडेललाई मुख्यमन्त्री बनाउन पठाएको सिफारिसको आधारमा पौडेललाई मुख्यमन्त्री नियुक्त गरिएको हो । आइतबार साँझ प्रदेश प्रमुखको कार्यालय हेटौंडाले पत्रकार सम्मेलनको आयोजना गरी पौडेललाई तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको आधिकारिक जानकारी गराएको हो । नवनियुक्त मुख्यमन्त्री पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आज सोमबार बिहान ९ः३० बजे हेटौंडा–१० मा रहेको आफ्नो कार्यालयमा सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । 

मुख्यमन्त्रीमा नियुक्त गरिएको पत्र हस्तान्तरण गर्दै पौडेललाई कोइरालाले सपथ ग्रहण गराउने प्रदेश प्रमुखको कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए । संविधानको धारा १६८ को उपधारा एकबमोजिम पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । प्रदेशसभामा बहुमत प्राप्त दलको सिफारिसमा मुख्यमन्त्रीले मुख्यमन्त्री नियुक्त गर्ने संविधानमा व्यवस्था भएबमोजिम प्रदेश प्रमुखले सिफारिस प्राप्त हुनासाथ मूख्यमन्त्री नियुक्त गरेकी हुन् । तीन नम्बर प्रदेशसभामा एमाले एक्लैको बहुमत छ । एक सय १० जना प्रदेशसभा सभासदमध्ये ५८ जना एमालेको रहेका छन् । आइतबार दिउँसो एमाले संसदीय दलको कार्यालयले ५८ जना प्रदेशसभा सभासदको हस्ताक्षरसहितको सिफारिस पत्र प्रदेश प्रमुखलाई पठाएको थियो । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पनि आफ्नो पार्टीकोसमेत पौडेललाई समर्थन रहेको छुट्टै पत्र पठाएका थिए । मुख्यमन्त्रीको सपथ लिएसँगै पौडेलले आजैबाट आफ्नो पदभार सम्हाल्नेछन् । तत्कालीन जिल्ला समन्वय समितिको कार्यालयमा मुख्यमन्त्रीको कार्यालय स्थापना गरिसकिएको छ । तीनदिनअघि एमालेको संसदीय दलको नेताको लागि भएको आन्तरिक चुनावमा पौडेलले पार्टीकी उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका थिए । प्रदेशसभाको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट पौडेल निर्वाचित भएका थिए ।





कमेन्टसहरु




2384104 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top