Sajhakura Dainik - पाँचसय जनाको स्वास्थ्य परीक्षण
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

पाँचसय जनाको स्वास्थ्य परीक्षण


समाज पटक पढिएको




हेटौंडा, २९ माघ÷ अपाड्ड बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र, पेरिप परियोजनाको मुख्य आयोना तथा सीवीएमको आर्थिक सहयोगमा मकवानपुरको विभिन्न तीन स्थानमा भएको घुम्ति शिविरमा पाँचसय छ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।


छतिवन प्राथमिक स्वास्थ्य चौकी बकैयामा माघ २७ गते शनिबार र माघ २८ गते आइतबार पालुङस्थित प्राथमिक स्वास्थ्य चौकीमा भएको घुम्ति स्वास्थ्य शिविरमा अपाड्ड बाल अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. वीरेन्द्रबहादुर चन्द, डा. पवन रावल, अल्का हस्पिटलका नाक, कान, घाँटी रोगका विशेषज्ञ डा. हेमनाथ आचार्य, हेटौंडा सामुदायिक आँखा अस्पतालका हेमा चौधरीलगायतले स्वास्थ्य परीक्षण गरेका थिए ।

दुई दिनसम्म सञ्चालन भएको शिविरमा विभिन्न किसिमका सामग्रीहरु विरामीहरुलाई प्रदान गरिएको थियो । अपाड्ड बाल अस्पतालका फिजियोथेरापिस्ट गंगा शाक्य, नर्स कृष्णलक्ष्मी शाही, सहायक उपकरण प्राविधिक राम श्रेष्ठ, सीवीआर परामर्शकर्ता शालिकराम तिमल्सिना, जिल्ला सुपरिवेक्षक दीप न्यौपानेलगायतको उपस्थिति रहेको पेरिप योजनाका पुनस्र्थापना सहायक लक्ष्मण स्याङ्तानले जानकारी दिए ।





कमेन्टसहरु




2267307 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top