Sajhakura Dainik - आँखाको नानी संकलन केन्द्र सञ्चालनमा
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

आँखाको नानी संकलन केन्द्र सञ्चालनमा


समाज 5 पटक पढिएको




हेटौंडा, २९ माघ÷ हेटौंडा सामुदायिक आँखा अस्पतालले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आँखाको नानी संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महतले केन्द्र उदघाटन गरेका थिए ।


आँखा अस्पतालले गरेको कामहरु उत्कृष्ट रहेको र त्यसमा यो संकलन केन्द्रको कामले अझ थप सुविधा पाउनेमा आफू विश्वस्त रहेको बताए। तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुड्डले तिलगंगामा यो सेवा शुरु गर्दा धेरै कठिनाइहरु आएको र पछि सबैले यसको महत्व बुझेपछि अहिले विश्वस्तरमा समेत परिचित भएको बताइन् । सम्पूर्ण सामाजिक संघसंस्थाहरुको तर्फबाट लायन्स क्लब अफ हेटौंडाका राम श्रेष्ठले सेवाको प्रचारप्रसार गर्न सम्पूर्ण सामाजिक संघसंस्थाहरु लागिपर्ने धारणा राखेका थिए ।

मानिसको मृत्युपश्चात् जलेर खरानी हुने आँखाको नानी दान गरी दृष्टिविहिनहरुलाई दृष्टि प्रदान गर्न सकिन्छ । आँखाको नानीको खराबीको कारण दुवै आँखा नदेखेर बसेकाहरुको आँखामा नानी प्रत्यारोपणपश्चात् धेरै जनाले दृष्टि प्राप्त गरी सकेका हेटौडा सामुदायिक आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. मलिता अमात्यले बताइन् ।

तिलगंगा आँखा प्रतिष्ठानमा स्थापति आँखा बैंकमा आँखा दान गरीएका व्यक्तिहरुबाट संकलन गरिएका आँखाहरु देश विदेशहरुबाट समेत माग हुने 

गरेको छ ।





कमेन्टसहरु




2292513 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top