सहकारीका अध्यक्ष किरण पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सिप्रद्धी अटो प्रालिका सहायक महाप्रबन्धक युवराज बुढाथोकीले यातायात व्यवसायीलाई टाटा मोटर्सका स्पेयर पार्टस् सहज र सरल रुपमा उपलब्ध गराउन च्याम्पियन जोनको अवधारणा अघि सारेको बताए । यस अघि नेपालका बिभिन्न सहरमा १२ वटा च्याम्पियन जोन स्थापना भइसकेको र यसै आर्थिक बर्षभित्र नेपालमा ३० वटा स्थापना गर्ने योजना रहेको बुढाथोकीले जानकारी दिए ।
सहकारी संस्थाबाट दैनिक १८ घण्टा यातायात व्यवसायीले गुणस्तरीय स्पेयर पार्टस् सहज रुपमा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ । कार्यक्रममा नारयणी यातायात व्यवसायी संघका पूर्बअध्यक्ष गोकर्ण पराजुलीले अटो हवको रुपमा रहेको हेटौंडामा ८० प्रतिशत टाटा कम्पनीकासवारीसाधन चलिरहेको भएपनि स्पेयर पार्टस् सहज रुपमा उपलब्ध हुन नसकेको बताए । सहकारीले एक दसकदेखि यातायात व्यवसायीलाई मिसावटरहित पेट्रोलियम, गुणस्तरीय मोटर पार्टस् उपलब्ध गराउँदै आएको बताए ।
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |