Sajhakura Dainik - चारसय किलो गाँजासहित प्रहरीद्वारा एक जना पक्राउ
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

चारसय किलो गाँजासहित प्रहरीद्वारा एक जना पक्राउ


समाचार 13 पटक पढिएको




हेटौंडा, १ फागुन÷ जिल्ला प्रहरी कार्यालय मकवानपुरले चारसय किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–८ का मानबहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ ।

 सोमबार बेलुका विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा गएको १५ जनाको प्रहरी टोली राक्सिराङ–८, ठूलो टोड्केमा मोक्तानको घरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘हामीले करिब एकहजार केजीभन्दा बढी गाँजा गाउँमै जलायौं’, फिल्डमा खटिएको प्रहरी निरीक्षक थापाले स्थानीय करिब ५० जनाले आफूहरुलाई घेरा हालेपनि आफ्नो काम गरेरै छाडेको बताए । 

‘हामीले थप प्रहरी आउँदै छन् । हामीमाथि हातपात भएको खण्डमा गोली हान्छौं भनेर आफ्नो काम पूरा ग¥यौं’, उनले प्रहरीले मकवानपुरलाई लागूऔषध उत्पादनमुक्त जिल्ला बनाउने अभियान सञ्चालन गरेको भन्दै यसलाई सार्थक पारेर छाड्ने प्रतिबद्धता जनाए ।





कमेन्टसहरु




2332550 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top