Sajhakura Dainik - उद्योग मन्त्रालयले सार्वजनिक ग¥यो प्राथमिकताको क्षेत्र
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

उद्योग मन्त्रालयले सार्वजनिक ग¥यो प्राथमिकताको क्षेत्र


अर्थ / व्यापार 57 पटक पढिएको




हेटौंडा, १३ जेठ÷तीन नम्बर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आफ्नो प्राथमिकताको क्षेत्र र आगामी दिनमा गर्ने कामको बारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराएको छ ।

 मन्त्रालयले आइतबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै पत्रकारको सुझावसमेत मागेको थियो । मन्त्रालयले पहिचान गरेको प्राथमिकताको क्षेत्रहरुबारे जानकारी दिँदै मन्त्री अरुण नेपालले औद्योगिक करिडोर तथा औद्योगिक क्षेत्र विस्तारको कार्यमा आफूहरु लागिपर्ने प्रतिवद्धता जनाए । उद्योग स्थानान्तरण तथा जोनिङ कार्यक्रम, हामी सबै उद्यमी कार्यक्रम, समृद्धिको आधार पर्यटन र पूर्वाधार कार्यक्रम मन्त्रालयले ल्याउने तयारी गरेको पनि मन्त्री नेपालले जानकारी दिए । आर्थिक वन तथा उत्पादनशील वन कार्यक्रम, खनिज पदार्थको खोज, संरक्षण अनि दीगो सदुपयोगको कार्यक्रमलाई पनि प्राथमिकताको साथ समेटिएको मन्त्रालयले जनाएको छ । बजारको अनुगमन तथा सहज आपूर्तिमा पनि जोड दिइएको छ । जडिबुटी विकासका लागि गैरकाष्ट वन पैदावार बोर्डको गठन, सहरी बन, गरिबको लागि कबुलियती वन तथा पर्या–पर्यटनको लागि वन क्षेत्र उपलब्ध गराउने कार्य पनि मन्त्रालयको आगामी नीतिमा समेट्ने तयारी गरेको मन्त्री नेपालले पत्रकारहरुसँगको छलफलमा जानकारी दिए । होमस्टे, सामुदायिक लजसहित पर्यटकीय संग्राहलयको तत्काल स्थापनाको काम थाल्ने पनि तयारी गरिएको छ । युवा, गरिब, दलित महिलाहरुलाई उद्यम विकासमा आकर्षित गराउने योजना पनि मन्त्रालयले अघि सारेको छ । कार्यक्रममा मन्त्रालयका सचिव शिवकुमार वाग्ले, ३ नम्बर प्रदेशको वन तथा वातावरण समितिका संयोजक रमा आलेमगरलगायतको सहभागिता रहेको थियो ।





कमेन्टसहरु




2366970 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top