Sajhakura Dainik - बाल अधिकारको सुनिश्चितता
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

बाल अधिकारको सुनिश्चितता


हाम्रो कुरा 41 पटक पढिएको




आज नोभेम्बर २०, अन्तर्राष्ट्रिय बाल अधिकार दिवस । संयुक्त राष्ट्रसंघको महासभाले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको सम्झनामा हरेक वर्ष विश्वभर नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइन्छ ।
 नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइने गरिन्छ । पहिलो विश्वयुद्धपछि युद्धको कारण अनाथ र घरबारविहिन बनेका बालबालिका सडकमा वेवारिसे अवस्थामा देखिएपछि विश्वभर बालअधिकारको चर्चा सुरु भएको मानिन्छ । निकै लामो संघर्षपछि संयुक्त राष्ट्रसंघबाट १९८९ नोभेम्बर २० मा बालअधिकार सम्बन्धी महासन्धि पारित भएको थियो । १९९० बाट लागू भएको महासन्धिलाई नेपालले पनि सोही वर्ष सेप्टेम्बर १४ मा हस्ताक्षर गरेको थियो । सोही दिनको सम्झनामा नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ ।
विकसित देशको तुलनामा विकासशील देशका बालबालिकाले आफ्ना सबै अधिकार प्राप्त गर्न सकेका हुँदैनन् । कुनै पनि देशको विकासमा त्यहाँका बालबालिकाको सर्वाङ्गीण विकास अपरिहार्य हुन्छ । बालबालिकाको चौतर्फी विकास भएन भने देशको भावी पुस्ता सक्षम बन्न सक्दैन । संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि–१९८९ ले बालबालिकाको बा“च्न पाउने, संरक्षण पाउने, विकास गर्न पाउने र सहभागी हुन पाउने गरी मुख्य चार अधिकार सुनिश्चित गरेको छ । बाल अधिकारका चारवटै Ôेत्र उत्तिकै महत्वपूर्ण भए पनि नेपालमा बाल संरÔणको Ôेत्र बढी चुनौतीपूर्ण देखिएको छ ।घरपरिवारदेखि विद्यालय हु“दै हरेक Ôेत्रमा बालबालिकाको संवेदनशीलतालाई बुझेर उनीहरुको संरÔणमा ध्यान दिनेभन्दा पनि अन्य उमेर समूहबाट उनीहरुमाथि निर्देशन लाद्ने काम भइरहेको छ । अझै पनि बालबालिका निकृष्ट श्रम गर्न बाध्य छन् ।
विभिन्न क्षेत्र र विषयमा गहन चर्चा गर्ने दिनको रुपमा विभिन्न दिवसहरु मनाउने गरिन्छ । बालबालिकाको अधिकारका विषयमा चर्चा गर्ने दिन बाल अधिकार दिवस हो । घर परिवारदेखि विद्यालय र अन्य Ôेत्रमा बालबालिकाको उचित संरÔणका लागि राज्यलगायत सबै पÔ गम्भीर हुन आवश्यक छ । अहिले सबै Ôेत्रमा बाल सहभागिताको आवाज उठिरहेको छ । त्यसका लागि हरेक Ôेत्रलाई बालमैत्री बनाउँदै बालबालिकाको सहभागितामात्र होइन, उनीहरुका सबै अधिकार सुनिश्चित गर्नुपर्छ । बाल अधिकार सुनिश्चितताका लागि राज्यलगायत सबै Ôेत्रलाई गम्भीर बनाउन सकियो भने अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको सान्दर्भिकता हुनेछ ।



कमेन्टसहरु




2384135 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top