Sajhakura Dainik - तरकारी माफियाविरुद्ध सरकारको अप्रेसन बिक्री ठप्प पार्ने व्यवसायीको चेतावनी
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

तरकारी माफियाविरुद्ध सरकारको अप्रेसन बिक्री ठप्प पार्ने व्यवसायीको चेतावनी


समाज 10 पटक पढिएको




काठमाडौं÷ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनको क्रममा कालिमाटी फलफुल तथा तरकारी बजारबाट दुईवटा गाडी र एक चालकलाई समातेर अनुसन्धानको लागि काठमाडौं प्रहरी परिसर टेकुमा पठाएको छ ।

काँक्रो, फर्सीलगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडी नियन्त्रणमा लिए पनि एक चालक भागेका थिए । तर चालक सुदिप दराईलाई भने पक्राउ गरिएको छ । सरकारी टोलीले तरकारीको गाडी नियन्त्रणमा लिएपछि व्यापारीले विरोध गर्दै अनुगमनमा खटिएको टोलीलाई कोठाभित्र थुनेका थिए । यो प्रकरणपछि वाणिज्य विभाग तरकारीको बजार अनुगमनमा कडारुपमा पेश भएको हो । सोमबार दिउँसो वाणिज्य विभागले प्रहरीलाई पत्र लेख्दै तरकारीको मूल्यबारे चालकबाट आवश्यक सूचना लिन समेत भनेको छ । सिण्डिकेटको अन्त्य गर्नुपर्ने समय आएको र त्यसको लागि चालक अनुसन्धानको स्रोत हुनसक्ने विभागको भनाई छ । देशभरबाट आएका तरकारीको मूल्य उपभोक्तासम्म पुग्दा ५–६ गुनाले वृद्धि हुने गरेको छ । विभागले धादिङ र मकवानपुरका कृषकहरुसम्म पुगेर गतहप्ता व्यापारीले लिने तरकारीको मूल्यबारे अनुसन्धान गरेको थियो । तरकारीमा सिण्डिकेट कार्टेलिङ रहेको विभागको ठहर छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले जसरी पनि सिण्डकेट हटाउन तयार रहेको र त्यसको लागि प्रहरी प्रशासनको सहयोग मागिएको बताए । उनले प्रहरीलाई पत्र लेखेर आवश्यक अनुसन्धान र कारवाही बढाउन सिफारिस गरिएको बताए । सोमबार कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको टोलीसँग व्यापारीहरुको विवाद भएको थियो । विवाद धेरै बढेपछि व्यापारीहरुले अनुगमन टोलीलाई थुनेका थिए । सोमबार बिहान अनुगमनमा गएको टोलीलाई भित्र राखेर व्यापारीले गेटमा धर्ना दिएका थिए । उक्त टोलीलाई छुटाउन त्यहाँ थप प्रहरीसमेत परिचालन गरिएको थियो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसँग समेत समन्वय गरेर तरकारीमा रहेको ठगीलाई हटाउनेतर्फ विभाग अघि बढेको गौचनले जानकारी दिए । यता बजार अनुगमनका टोलीले कालिमाटी फलफुल तथा तरकारी व्यवसायी महासंघका पदाधिकारी पक्राउ गरेकोमा महासंघले विरोध जनाएको छ । पदाधिकारी पक्राउ परेकोमा तरकारी व्यवसायीहरुले भने आन्दोलन गर्ने घोषणा गरेका छन् । तरकारी व्यवसायी भरत खतिवडा र विमल ढुंगाना पक्राउ परेका छन् । व्यवसायीले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको कृषकसँग बिल तथा कागजात नहुने भन्दै त्यसमा सरकारी टोलीले बुझ्नुपर्ने उल्लेख गरेका छन् । पक्राउ परेका महासंघका पदाधिकारीलाई तत्काल रिहा गर्नुपर्ने अन्यथा भोलि मंगलबारबाट कालिमाटीमा तरकारी बेचविखन बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् । (नेपाल खबरबाट)






कमेन्टसहरु




2366958 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top