Sajhakura Dainik - चुरियामाई टेक्निकल कलेज बन्द गर्न निर्देशन
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

चुरियामाई टेक्निकल कलेज बन्द गर्न निर्देशन


समाज 5 पटक पढिएको




हेटौंडा, ४ भदौ÷ हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित जिल्ला प्रशासन कार्यालयको नजिकै चुरियामाई टेक्निकल कलेज बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।

 कलेज पूर्ण रुपमा अबैध रुपमा संचालनमा रहेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । नेपाल सरकारबाट मान्यता प्राप्त उल्लेख गरेका होर्डिङबोर्ड हेटौंडा बजारको विभिन्न स्थानमा राखेर अबैध रुपमा सिटीईभीटीको पाठ्यक्रमको औद्योगिक क्षेत्रका लागि हाउस वायरिङ, इण्डष्ट्रियल वाईरिङ कक्षाहरु अबैध रुपमा सञ्चालन गरिरहेको पुष्टी भएपछि बन्द गरिएको हो । कलेज कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनीको नाम मात्र दर्ता गरेको छ । यस बाहेक कलेजले सिटीइभीटी वा नेपाल सरकारका शैक्षिक संस्था अनुमति दिने निकायबाट अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्नुपर्ने नियम छ । तर सम्बन्धित निकायबाट लिनुपर्ने स्वीकृति तथा सम्बन्धन केही नलिई कक्षा सञ्चालन गरेपछि २ सय ३५ विद्यार्थी अन्योलमा परेका छन् । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने आफूकहाँ कुनै बिद्यार्थी र अभिभावक समेत उजुरी गर्न नआएका कारण बिद्यार्थीहरुको बिषयमा आफूले केही गर्न नसक्ने बताए । कलेज प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद(सिइटीभीटी)मा दर्ता नभएका कारण प्रशासनले बन्द गराएको हो तर कलेजका प्रिन्सिपल विकास झाले भने अनुमति लिने प्रक्रियामा रहेको बताउदै आएका थिए । प्रति विद्यार्थी ४५ देखि ६० हजारसम्म शुल्क लिएर कक्षा सञ्चालन गरिरहेको सो कलेजमा ४० जना छात्रा र १ सय ९५ जना छात्र गरी २ सय ३५ जना विद्यार्थीहरुबाट करिब १ करोड ४० लाख शुल्क कलेजले लिएको छ ।






कमेन्टसहरु




2366936 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top