Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

हेटौंडामा छठ पर्व हर्षोल्लास अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो


समाचार पटक पढिएको


हेटौंडामा छठ पर्व हर्षोल्लास अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो


हेटौंडा, २७ कात्तिक÷ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएसँगै पवित्रता र निष्ठाको पर्व छठ रातभर जाग्राम बसी नाचगान गरेर मंगलबार हेटौंडामा मनाइएको छ।

कात्तिक शुक्ल Èष्ठी तिथिका दिन व्रतालुहरुले अस्ताउ“दो सूर्यलाई अघ्र्य अर्पण गरेपछि सोही प्रसाद पुनः र बिहान उदाउ“दो सूर्यलाई अर्पण गरेपछि यो पर्व समापन हुने गर्दछ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–१ स्थित राप्तीतटमा पुगेर छठ पर्वको शुभकामना दिएका छन् । ‘छठ तराईबासीले मात्र मनाउने पर्वको रुपमा लिइन्थ्यो । पछिल्लो समयमा पहाडी समुदाय समेत यसवर्षलाई मान्न थालेका छन् । यसैबाट थाहा हुन्छ । तराई र पहाडबीचको सम्बन्ध कस्तो छ भनेर,’ मुख्यमन्त्री पौडेलले भने, ‘यसपर्वले हामीलाई एकताको शुत्रमा बाध्ने काम हामीलाई गरिरहेको छ ।’

केरा, ठेकुवा, भुसवा, फल, मिठाई, पान, सुपारीलगायत सामग्री अघ्र्यका रुपमा सूर्यदेवलाई व्रतालुले अर्पण गर्ने गर्छन् । 

राप्तीतटमा हजारौं व्रतालु तथा श्रद्धालुको सहभागितामा रातभर जाग्राम बसी नाचगानसमेत गरेका थिए । छठलाई अत्यन्त कठोर पर्व मानिन्छ । नियम निष्ठाका साथ सम्पन्न नभएको अवस्थामा सूर्यदेव कोपित हुने र व्रतालु वा पूजापाठमा नियमनिष्ठामा बाधा गर्ने व्यक्तिलाई रोगव्याधि लाग्ने डर पनि पर्व मनाउनेहरुको मनमा रहन्छ । छठ पर्वको व्रत बस्दा रोगव्याधि निको हुने र सन्तान नभएकाले सन्तान प्राप्त गर्ने धार्मिक विश्वास छ ।

हेटौंडामा छठ पर्वका लागि हेटौंडा–१० स्थित राप्तीतटमा व्रतालुका लागि करिब पाँचसय ५० फिट लामो पाण्डाल बनाइएको थियो भने बगर सयाउने र सरसफाइको काम गरिएको थियो । बुद्धचोकदेखि तटसम्मको दायाँबायाँ भागमा झिलिमिली बत्ती राखेर बगार तथा सहर झलमल बनाइएको छठ पर्व समारोह समतिकिा संयोजक शुशीलकुमार सेनुरिया बानियाँले जानकारी दिए । यसवर्ष करिब ६० हजार जनाले राप्तीखोलामा छठ हेर्न आएको आयोजकको अनुमान छ । मकवानपुरमा पछिल्ला वर्षहरुमा छठ मनाउनेको संख्या निकै बढ्दै गएको संयोजक बानियाँको भनाइ छ । यस पर्वको व्रत पुरुष÷महिला दुवैले लिने प्रचलन छ । तराईबासीको चाडको रुपमा चिनिने छठ पर्व पछिल्लो वर्षमा पहाडीमूलमा पनि लोकप्रिय हुँदै गएको छ । तराईबासीको उपस्थिति बाक्लिँदै गएको हेटौंडामा छठको रौनक प्रत्येक वर्ष बढ्दैछ । 

पछिल्लो वर्षमा छठ आपसी सद्भावको पर्व बन्दै गएको छ । तराईबासी र पहाडबासीबीच आत्मीयता साटासाट गर्ने पर्वको रुपमा छठ विकसित भएको ३ नम्बर प्रदेशका सांसद मुनु सिग्देलले बताइन् । यस पर्वलाई सत्य, अहिंसा, आपसी सद्भाव र पृथ्वीमा रहेका सबै प्राणीप्रति सहानुभूति राख्न परापूर्व कालदेखि मनाइँदै आएको छ । काठमाडौंको कमलपोखरी, कालमोचनघाट, चक्रतीर्थ र गौरीघाट लगायत काठमाडौं उपत्यकामा करिब एक दर्जन बढी स्थानमा छठ पूजा आयोजना गरिन्छ । बीरगञ्जमा घडीअर्वा पोखरी, जनकपुरमा धनुषसागरलगायत प्रत्येक शहर नजिकका नदीकिनार वा जलाशयमा छठपूजाको व्यवस्था मिलाइएको हुन्छ । हेटौंडाका राप्तीतटमा पनि हरेक वर्ष छठ मेला लाग्ने गर्दछ । 

छठ पूजा समारोह समितिले राप्तीतटमै शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरेको थियो । समारोह समितिका संयोजक शुशीलकुमार सेनुरिया बानियाँको सभाध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरणबहादुर जोशी, हेटौंडा–१ नम्बर वडा अध्यक्ष सविन न्यौपाने तथा गोरक्षेश्वर क्षेत्र विकास समिति अध्यक्ष उत्तम शर्मा ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतिनिधिसभा सांसदद्वय कृष्णप्रसाद दाहाल तथा विरोध खतिवडालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । छठ पर्वको सन्दर्भ पारेर राप्तीतटमा स्थानीय प्रशासनले सुरक्षा अवस्था बलियो बनाएको थियो । अघिल्लो वर्षको तुलनामा यसवर्ष छठको भर्न आउनेहरुको संख्यामा बढी भएको आयोजकको दावी छ । आयोजकले करिब  पाँचलाख रुपियाँ खर्च पण्डाल निर्माण गर्ने कार्य समेत गरेको थियो ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौंडामा छठ पर्व हर्षोल्लास अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो - 2018-11-14

हेटौंडा, २७ कात्तिक÷ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएसँगै पवित्रता र निष्ठाको पर्व छठ रातभर जाग्राम बसी नाचगान गरेर मंगलबार हेटौंडामा मनाइएको छ।

हेटौंडालाई स्थायी राजधानी बनाउन मुख्यमन्त्रीको लविङ - 2018-11-14

हेटौंडा, २७ कात्तिक÷३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडालाई नै बनाउने कसरतमा मुख्यमन्त्री डोरमणि पौडेल परामर्शमा जुटेका छन् ।

हेटौंडामा नै नोट छाप्ने तयारी - 2018-11-13

हेटौंडा, २६ कात्तिक÷सुरक्षण मुन्द्रण केन्द्रले हेटौंडामा नै नयाँ नोट छाप्ने तयारी गरेको छ । हेटौंडा१४ स्थित मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रमा राष्ट्रिय सुरक्षण छपाई प्लान्ट स्थापनाको तयारी गरिएको हो ।

‘सहकारी उत्पादनशील क्षेत्रमा लाग्नुपर्छ’ - 2018-11-13

हेटौंडा, २६ कात्तिक÷ सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइएको छ ।

बढी भाडा लिनेविरुद्ध प्रहरी निगरानी - 2018-11-13

हेटौंडा, २६ कात्तिक÷ चाडपर्व मान्नको लागि हेटौंडा आएका यात्रुहरुलाई काठमाडौं जाने क्रममा बढी भाडा लिने टाटा सुमोमाथि प्रहरीले निगरानी बढाएको छ ।

तिहारको रौनक सुरु, भाइमसला र बत्तीको माग बढी - 2018-11-06

हेटौंडा, १९ कात्तिक÷ सोमबारदेखि औपचारिक रुपमा तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै हेटौंडाको मेनरोड, राप्तीरोड, कान्तिराजपथ र बुद्धचोकलगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ ।

४९ जना कृषकलाई पुरस्कार - 2018-11-06

हेटौंडा, १९ कात्तिक÷ मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा गत १० कात्तिकदेखि १८ सम्म सञ्चालन भएको तेस्रो थाहा महोत्सवमा ४९ जना कृषकहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

३ नम्बर प्रदेशका मुख्यमन्त्री अब विद्युतीय जीपमा - 2018-11-05

हेटौंडा, १८ कात्तिक÷ ३ नम्बर प्रदेशमा २०७८ सालबाट पेटूोलियम पदार्थमा आधारित सवारी साधन पूर्ण प्रतिबन्ध लगाउने प्रदेश सरकारको योजना कार्यान्वयनको सुरुवात भएको छ ।

आयुर्वेद चिकित्साको विकासको लागि विविध कार्यक्रम - 2018-11-05

हेटौंडा÷ ३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयमार्फत आयुर्वेदिक चिकित्साको विकासको लागि विविध कार्यक्रम ल्याएको जनाएको छ ।


2366917 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top