Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साझा सरोकार

मकवानपुर सहकारीको बचत १६ करोड २७ लाख


साझा सरोकार पटक पढिएको


मकवानपुर सहकारीको बचत १६ करोड २७ लाख


हेटौंडा÷हेटौंडा ४ मा रहेको मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ करोड २७ लाख ९३ हजार रुपियाँ बचत संकलन गरेको छ ।


सहकारीको सोमबार भएको १९ औं साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीको शेयरपुँजी १ करोड ७१ लाख ६६ हजार 

रहेको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई ११ करोड ५५ लाख ९७ हजार रुपियाँ ऋण लगानी गरेको जनाएको छ । सहकारीले गत वर्ष ४५ लाख ३६ हजार नाफा गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेश ३ का नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख अतिथ्यतामा सभा भएको हो ।  कार्यक्रममा नेता बानियाँले संघीय संरचनाअनुसार लागू भएको नीति नियमअनुसार चल्न सहकारीलाई आग्रह गरे । सहकारीले जनताको हितका साथै राष्ट्र निमार्णमा सहकारीको  भूमिका महत्वपूर्ण हुने बानियाँको भनाइ थियो । सहकारीले साधारण सभाको अवसरमा ओम वृद्धाश्रम, मामाघर नेपाल, श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम, आनन्द मार्ग चिल्ड्रेन होम, दिव्य सेवा आश्रम, हाम्रो घर आश्रम, अन्तरदृष्ट्रि नेपाल र मानव सेवा आश्रमलाई १–१ बोरा चामल, ५–५ केजी दाल, १–१ कार्टुन साबुन सहित ५ सयका दरले सहयोग पनि गरेको छ ।  सहकारीले जेष्ठ सदस्य झुमकुमारी अर्याल र बाबुकाजी श्रेष्ठलाई सम्मान गरेको थियो । त्यस्तै असल ऋणितर्फ मनिता जोशी र कृष्णहरि कालाखेतीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । असल निक्षेपतर्फ संगीता श्रेष्ठ र अमर गोर्खाली र एसइई तर्फ उत्कृष्ट हुने एन्जीला भट्टराई र स्तुती श्रेष्ठलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मकवानपुर सहकारीको बचत १६ करोड २७ लाख - 2018-08-21

हेटौंडा÷हेटौंडा ४ मा रहेको मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ करोड २७ लाख ९३ हजार रुपियाँ बचत संकलन गरेको छ ।

गोलेलाई तामाङ पत्रकारिता सम्मान - 2018-08-18

हेटौंडा, १ भदौ÷ तामाङ पत्रकारिता सम्मान–२०७५ बाट सञ्चारकर्मी पूर्णिमा गोले सम्मानित भएकी छिन् ।

दुग्ध किसानले विरोधस्वरुप राखे कालो झण्डा - 2018-08-15

हेटौंडा, २९ साउन÷ विभिन्न माग राख्दै आन्दोलनमा रहेका दुग्ध उत्पादक किसानहरुले मंगलबार कालो झण्डा राखेर सरकारको विरोध गरेका छन् ।

नेकपा सचिवको लागि पाँचजनाको नाम सिफारिस - 2018-08-15

हेटौंडा÷नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको सचिवको लागि जिल्लाबाट ५ जनाको नाम सिफारिस भएको छ ।नेकपा मकवानपुरमा तत्कालीन एमालेबाट अध्यक्ष र माओवादीबाट सचिव पाउने गरी केन्द्रमा भागबण्डा भएपछि कसले नेतृत्व गर्ने भन्नेबारेमा रस्साकस्सी चलिरहेको छ ।

उपभोक्ता मञ्च मकवानपुरमा पौडेल - 2018-08-15

हेटौैंडा, २९ साउन÷ उपभोक्ता मञ्च नेपाल मकवानपुरको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । मंगलबार हेटौंडामा भएको भेलाले कुमार पौडेलको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

नेतृत्वको विषयलाई लिएर नेकपाभित्र विवाद - 2018-08-10

हेटौंडा, २४ साउन÷ केन्द्रमा पार्टी एकिकरण गरी नेकपा बनाइएपनि एमाले र माओवादी केन्द्रबीच प्रदेश, जिल्ला र अन्य संगठनमा एकता भएको छैन ।

बढे हेटौंडा अस्पतालमा सेवा लिने - 2018-08-10

हेटौंडा÷ मकवानपुर जिल्लाकै एकमात्र सरकारी हेटौँडा अस्पतालबाट सेवा लिने बिरामीको संख्यामा वृद्धि भएकोे छ ।

ओली र नारायणकाजीबीच बालुवाटारमा जुहारी - 2018-08-02

काठमाडौं÷प्रधानमन्त्री निवास बालुवाटारमा साउन ७ गते साँझ नेकपाको सचिवालय बैठक डाकिएको थियो ।

युवा संघलाई सरकारद्वारा २५ लाख रुपियाँ आर्थिक सहयोग - 2018-07-25

काठमाडौं÷ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश २ सरकारले ३ करोड १२ लाख ३५ हजार रुपैयाँ खर्च गरेको छ ।


2332546 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top