Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

सुन्दर बचतमा पुनः नकर्मी


समाज पटक पढिएको


सुन्दर बचतमा पुनः नकर्मी


हेटौंडा, २७ असोज÷ हेटौंडा–१ मा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः शम्भु नकर्मी चयन भएका छन् ।

 शनिबार भएको दशौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट शम्भु नकर्मीकै नेतृत्वमा रहेको कार्यसमितिलाई सर्वसम्मत चयन गरिएको हो ।संस्थाका उपाध्यक्षमा गोपालबहादुर थापा, सचिव सविन न्यौपाने र कोषाध्यक्षमा दीपक देवकोटा रहेका छन् । जसको सदस्यहरुमा सुन्दर शाही, अर्जुन डंगोल, लक्ष्मी लामा, निर्मला सुबेदी र इन्द्रबहादुर मोक्तान रहेका छन् । लेखा समितिको संयोजकमा एसिस रिजाललाई चयन गरिएको छ । समितिको सदस्यहरुमा सन्तोष पराजुली र सुनिता नकर्मी रहेका छन् । ७ सय ६० जना शेयर सदस्य रहेको सहकारीले गत वर्ष २ करोड ७४ लाख ३८ हजार बचत संकलन गरेको जनाइएको छ । शेयर रकममा वृद्धि भई गत आर्थिक वर्षमा ८९ लाख ९७ हजार रुपैयाँ पुगेको संस्थाका कोषाध्यक्ष दीपक देवकोटाले जानकारी दिए । संस्थाका अध्यक्ष शम्भु नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा अलाइभ हस्पिटल चितवनकी डाक्टर तथा समाजसेवी डा. विष्णुमाया खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा–१ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, सल्लाहकारका तर्फबाट फणेन्द्रप्रसाद तिमल्सिना, संघ संस्थाका तर्फबाट सुन्दर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल लामा, शेयर सदस्यहरुको तर्फबाट विष्णुलाल श्रेष्ठले मन्तव्य व्यक्त  गरेका थिए ।





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सुन्दर बचतमा पुनः नकर्मी - 2018-10-14

हेटौंडा, २७ असोज÷ हेटौंडा–१ मा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः शम्भु नकर्मी चयन भएका छन् ।

सहकारीले उत्पादनको क्षेत्रमा काम गर्नुपर्छ ःमुख्यमन्त्री पौडेल - 2018-10-14

हेटौंडा, २७ असोज÷ प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संस्थाहरुले उत्पादनको क्षेत्रमा काम गर्नु पर्ने बताए ।

अपराध न्युनीकरणमा छसय ८२ प्रहरी - 2018-10-12

हेटौंडा÷ मकवानपुर प्रहरीले जिल्लाका विभिन्न क्षेत्रहरुमा चाडपर्वका बेला हुन सक्ने अपराध न्यूनीकरण गर्नका लागि छसय ८२ जना प्रहरी परिचालन गरेको छ ।

नारायणी मलको उपहार योजना सार्वजनिक - 2018-10-11

हेटौंडा÷ नारायणी मलले चाडपर्वको अवसरमा उपहार योजना सार्वजनिक गरेको छ ।

बंशगोपाल युवा क्लव बी विजयी - 2018-10-10

हेटौंडा, २३ असोज÷ स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौंडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ‘ए’ साइड फूटबल प्रतियोगिताको मंगलवारकोे खेलमा बंशगोपाल युवा क्लव बी पुतलीबजार विजयी भएको छ ।

सहकारीलाई उत्पादनमा जोड्नुपर्नेमा जोड - 2018-10-07

हेटौंडा, २० असोज÷ नेपाली कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सहकारीको लगानी उत्पादनमा लगाउनुपर्नेमा जोड दिएका छन् ।

अपराधीलाई कारबाहीको माग गर्दै हस्ताक्षर संकलन - 2018-10-06

हेटौंडा, १९ असोज÷ बलात्कार तथा एसिड आक्रमण गम्भीर अपराध भएको र राज्यले यस्ता अपराधीलाई पक्राउ गर्न ध्यान दिनुपर्ने भन्दै हेटौंडामा हस्ताक्षर संकलन सुरु भएको छ ।

विभिन्न जनआन्दोलका घाइतेहरु सम्मानित - 2018-10-05

हेटौंडा÷ देशमा भएको विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनका क्रममा घाइते भएकाहरुलाई विहीबार हेटौंडामा सम्मान गरिएको छ ।

दूध बोक्ने गाडीमा मदिरा - 2018-10-05

हेटौंडा, १८ असोज÷ मकवानपुरको हेटौंडामा रहेको दुग्ध विकास संस्थानको गाडीबाट मदिरा बरामद भएको छ । वीरगन्जव तर्फ दूध लिएर आउदै गरेको उक्त गाडी ईलाका प्रहरी कार्यालय जीतपुरले चेकजाँच गर्दा अबैध घरेलु मदिरा बरामद गरेको हो ।


2356056 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top