Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

‘ठूला उद्योग खोल्ने वातावरण बनाउँदैछौं’


अर्थ / व्यापार पटक पढिएको




हेटौंडा, ३० साउन÷ प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले छ महिनाको अवधिमा धेरै कामहरुको थालनी गरेको भन्दै ठूला उद्योग खोल्ने वातावरण निर्माणमा आफूहरु लागिपरेको बताएका छन् ।


उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रायले बुधबार हेटौंडामा गरेको कानुन निर्माणबारे अन्तक्र्रिया तथा मन्त्रालयको पाश्र्वचित्र विमोचन समारोहमा मुख्यमन्त्री पौडेलले सबै काम केन्द्रले मात्र गर्ने भए प्रदेश सरकार के गर्ने भन्दै उद्योगको जिम्मेवारी प्रदेश सरकारको हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सबैको साथ र सहयोग विनाप्रदेश सरकार एक्दै दगुर्न नसक्ने बताउँदै प्रदेशको समृद्धिको लागि सबैको साथ आवश्यक रहेको बताए । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण हुने कानुन बनाउने तयारी गरेको बताएका छन् । सोही कार्यक्रममा उनले यस प्रदेशलाई लगानीमैत्री प्रदेश बनाउन आफूहरु लागिपरहेको बताए । मन्त्री नेपालले परम्परागत विकासलाई अब परिवर्तन गर्दै नविमतम् विकासको लागि लाग्नुपर्नेमा जोड दिए । वन ऐनले विकासलाई केही समस्या पारेको भन्दै अब प्रदेश सरकारले त्यस्ता वाधा हुने ऐनलाई परिवर्तन गर्दै नविनतम् ऐनहरु निर्माणको लागि लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


‘ठूला उद्योग खोल्ने वातावरण बनाउँदैछौं’ - 2018-08-16

हेटौंडा, ३० साउन÷ प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले छ महिनाको अवधिमा धेरै कामहरुको थालनी गरेको भन्दै ठूला उद्योग खोल्ने वातावरण निर्माणमा आफूहरु लागिपरेको बताएका छन् ।

निजी कम्पनीलाई सुन आयात अधिकार दिन माग - 2018-07-17

हेटौंडा, ३२ असार÷ निजी कम्पनीलाई पनि सुन आयात गर्ने अधिकार दिइनुपर्नेलगायतको माग राख्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

‘कर तथा गैरकर सम्बन्धी विधेयक अर्थ समितिमा - 2018-06-22

हेटौंडा, ७ असार÷ ‘कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ दफावार छलफलका लागि समितिमा पठाइएको छ ।

उद्योग मन्त्रालयले सार्वजनिक ग¥यो प्राथमिकताको क्षेत्र - 2018-05-28

हेटौंडा, १३ जेठ÷तीन नम्बर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आफ्नो प्राथमिकताको क्षेत्र र आगामी दिनमा गर्ने कामको बारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराएको छ ।

महिला उद्यमीलाई भाषण कला तालिम - 2018-05-06

हेटौंडा, २२ वैशाख÷ मकवानपुर उद्योग वाणिज्य संघले शनिबार आप्mना कार्यसमिति एवम् महिला उद्यमीहरुलाई बैठक सञ्चालन र प्रभावकारी भाषण कला तालिम प्रदान गरेको छ ।

उत्पादनमा लागत घटाउनुपर्छः मुख्यमन्त्री - 2018-04-08

हेटौंडा÷३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनको लागत घटाई विदेशबाट आयात हुने कृषिजन्य सामानसँग मूल्यमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्ने धारणा राखेका छन् ।

दैनिक एककरोड २२ लाख लिटर पानी वितरण - 2018-03-22

हेटौंडा, ७ चैत÷ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरका विभिन्न वडाहरुमा दैनिक एककरोड २२ लाख २२ र लिटर पानी बिक्री वितरण गरिरहेको छ ।

करिब एककरोड रुपियाँ लागतमा सडक स्तरोन्नति सुरु - 2018-03-18

हेटौंडा, ३ चैत÷ हेटौंडा उपमहानगरपालिकाको दुइ स्थानमा शनिबारबाट करिब एककरोड रुपियाँ लगानीमा सडक स्तरोन्नतिको काम सुरु गरेको छ ।

खस्कियो मकवानपुर जिल्लाको निर्यात व्यापार - 2018-02-13

हेटौंडा, २९ माघ÷ मकवानपुरबाट भारत तथा तेस्रो मुलुकमा हुने निर्यात व्यापारमा पछिल्लो वर्ष भारी गिरावट आएको छ । यहाँ सञ्चालित राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योगले प्रयाप्त मात्रामा सामान उत्पादन गर्न नसक्दा व्यापार घटेको हो ।


2332549 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top