Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

चिसोबाट बचौं र बचाऔं


हाम्रो कुरा पटक पढिएको




यसवर्ष जाडो बढ्दै गइरहेको छ । विगतका वर्षहरुमा झैं मंसिरको अन्त्यदेखि नै देशका अधिकांश भागमा चिसो बढेको छ ।

 मंसिरमै देशको सूदुरपश्चिमका पहाडी भागमा हिमपात सुरु भएको छ । पुस लाग्दा नलाग्दै देशैभर बढ्दै गएको चिसोले गरिब, निमुखा नेपालीको कष्टकर जीवन सुरु भइसकेको छ । हिमाली भागमा चिसो बढी हुने भए पनि चिसोबाट मुलुकको तराई क्षेत्र पनि उत्तिकै प्रभावित हुने गरेको छ । देशको मध्येतराइका सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलबस्तु, बा“के आदि जिल्लामा चिसोको प्रभाव बढी पर्ने गरेको छ । यी जिल्लाहरुमा विगत वर्षमा चिसोका कारण दर्जनौं मानिसको ज्यान जाने गरेको छ । चिसोको वृद्धिसँगै विभिन्न ठाउँका मानिसको जीवन कष्टकर बन्दै जान्छ । हिउ“दमा चिसो हुनु, शीतलहर चल्नु सामान्य कुरा हो । तर, यही कारण आम नागरिकको मृत्यु हुनुचाहि“ गम्भीर पÔ हो । कुनै पनि समाज वा राष्ट्रका लागि यो सहज कुरा होइन । आर्थिक हिसाबमा अत्यन्तै कमजोर वर्ग नै यतिखेर चिसोका मारमा परेका छन् । हुनेखानेका लागि ठन्डी रमाइलो मौसम भए पनि हु“दा खानेका निम्ति भने कठोर कालतूल्य समय हो । आर्थिक हिसाबमा कमजोर अवस्थामा रहेका आम नेपालीस“ग चिसोस“ग संघर्ष गर्न अरु कुनै उपाय नहुनु अहिलेको मूल समस्या हो । जाडो, त्यसमाथि भोको पेटमा कठ्याङ्ग्रिनुपर्ने विवशताबाट आम नेपाली संघीय गणतान्त्रिक राज्य व्यवस्थामा समेत मुक्त हुन नसक्नु विडम्बना बनेको छ । भोजनको अभाव र तातोका लागि न्यानो लुगा तथा ताप्ने दाउरा नभएकाले विपन्न परिवार टुलुटुलु काल नाचेको हेर्न बाध्य भइरहेको अवस्था मेट्न सम्बद्ध निकाय अग्रसर हुनैपर्छ । अहिले आफ्नै गाउँठाउँमा अधिकारसम्पन्न स्थानीय सरकार छ । त्यस्तै प्रदेश सरकार र संघीय सरकार पनि छ । हरेक स्थानीय तहका नागरिकको सुरक्षाको जिम्मेवारी स्थानीय सरकारको हो । आ–आफ्ना स्थानीय तहमा नागरिकको जिउधनको सुरक्षाको व्यवस्था अब स्थानीय सरकारले नै मिलाउनु पर्दछ । स्थानीय तहले आफ्नो साधन स्रोतले नभ्याउने भएमा प्रदेश तथा केन्द्र सरकारसँग सहयोग माग गर्नुपर्छ । आफ्नो क्षेत्रका आम नागरिकको जीवन रक्षाका लागि जनप्रतिनिधिहरु जागरुक बन्नुपर्छ । चिसोबाट अति प्रभावित Ôेत्रमा स्थानीय सरकारले प्रहरी प्रशासनको सहयोग लिई विपन्न परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउनु पर्छ । खाद्यान्न, लत्ताकपडा तथा दाउरा वितरण गरी चिसोबाट नागरिकको ज्यान जोगाउनु पर्छ । कुनै पनि सरकारका लागि चिसोकै कारण आफ्ना नागरिकको ज्यान जानु साह्रै लाजमर्दो विषय हो । चिसोबाट बच्न जनसाधारणले अपनाउनुपर्ने प्रक्रियाको बारेमा सामान्य जनचेतना जगाउनेतिर पनि सरकारी निकाय तथा सरोकारवाला पक्षहरु क्रियाशील हुनुपर्छ । चिसोका कारण मुलुकभित्र कुनै नागरिक मृत्युको मुखमा पर्नु हु“दैन । सरकार तथा स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय चनाखो हुनुपर्ने बेला आएको छ । चिसोबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न स्थानीय सरकारले आवश्यक प्रबन्ध मिलाउनेतर्फ अविलम्ब सक्रियता बढाउनैपर्छ । सम्बद्ध सबै पÔ गम्भीर एवम् इमान्दार भएमा चिसोबाट बच्न र बचाउन सकिन्छ ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


चिसोबाट बचौं र बचाऔं - 2018-12-17

यसवर्ष जाडो बढ्दै गइरहेको छ । विगतका वर्षहरुमा झैं मंसिरको अन्त्यदेखि नै देशका अधिकांश भागमा चिसो बढेको छ ।

दण्डहीनताले महिला हिंसा वृद्धि - 2018-12-16

लैङ्गीक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस र लैङ्गीक हिंसाविरुद्धको १६ दिने अभियान समापन भएको धेरै भएको छैन ।

सडक दुर्घटना न्यूनीकरण गरौं - 2018-12-14

चालकको लापरबाही, साँघुरो र कमसल सडक, सवारी साधनको चाप तथा जनचेतनाको कमीले पछिल्लो समय सडक दुर्घटनाहरु बढ्दै गएका छन् ।

यौनजन्य हिंसा बढ्दो - 2018-12-13

केही दिन अघिमात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ ।

यौनजन्य हिंसा बढ्दो - 2018-12-13

केही दिन अघिमात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ ।

शिक्षामा प्रविधिको प्रयोग - 2018-12-12

पछिल्लो समय मुलुकमा व्यावसायिक तथा प्राविधिक शिक्षाको चर्चा बढी हुने गरेको छ ।

कमजोर मानव अधिकार - 2018-12-11

सोम, डिसेम्बर १० मा नेपाललगायत विश्वभर मानव अधिकार दिवस मनाइएको छ ।

गाँजा खेतीको विकल्प आवश्यक - 2018-12-10

गाँजा, चरेस, अफिम लागूऔषध हो । यसको सेवन, बिक्री वितरण, ओसारपसार तथा खेतीपाती गैरकानूनी मानिन्छ ।

विद्युतीय सवारीलाई प्रोत्साहन - 2018-12-09

मुलुकमा हाल सात वटा प्रदेश छन् । ती प्रदेशहरुले विभिन्न कानून, नीति, नियम, कार्यक्रम बनाएर प्रदेश संरचनालाई प्रभावकारी बनाउन क्रियाशील बनेका छन् ।


2384132 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top