Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
मनोरञ्जन

दामनमा प¥यो हिउँ, रमाउँदै पर्यटक


मनोरञ्जन पटक पढिएको




दामन, २६ माघ÷ मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा शनिबार चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार परिरहेको पानीसँगै त्यस क्षेत्रमा शुक्रबार रातिदेखि हिमपात सुरु भएको हो ।

दामनमा प¥यो हिउँ, रमाउँदै पर्यटकशनिबार बिहान ६ बजेदेखि झन् बाक्लो हिमपात भएको छ । शनिबारको हिमपात अहिलेसम्मकै बढी हिमपात भएको स्थानीयले बताएका छन् । यतिबेलासम्म झण्डै आधाफुट बाक्लो हिउँ सडक तथा खुला क्षेत्रमा जम्मा भइसकेको छ । दामन तथा आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमिन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ ।

बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेपनि त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । ‘यतिधेरै हिउँ मैले यहाँ पहिलोपटक देखेको हुँ’, स्थानीय विजय कार्कीले भने, ‘हिउँ परेपछि यहाँ खेलेर रमाउने पर्यटक धेरै आउँछन् ।’ कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव संगालिरहेका छन् ।

हिउँ परेपछि सडकमा आवतजावत गर्ने लामो दूरीका यात्रु बोक्ने सवारी साधनमा भने कमी आएको छ, तर हिउँसँग खेल्न र 

रमाउने पर्यटक भने बढ्दै गएका छन् । हिउँ तथा वर्षातका कारण यतिबेला यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत्को अभावमा पर्यटक तथा स्थानीयले मोबाइल चार्ज गर्नेलगायतका अन्य काममा अवरोध पुगेको छ ।

दामन तथा सिमभञ्ज्याङ घुम्न आएका पर्यटक बिहानैदेखि हिउँमा खेल्दै फोटो खिच्दै रमाएका छन् । काठमाडौंबाट पहिलोपटक दामनमा हिउँ खेल्न पुगेका पवन थापाले हिउँको वर्षा भएको पहिलोपटक देखेको बताए । फुसफुस झर्दै गरेको हिउँको अनुभव उनले आफ्ना साथीभाइसँग फोन र सामाजिक सञ्जालबाट साटे । ‘कसरी हिउँ पर्नेरहेछ भन्ने पहिलोपटक देखँे’, उनले भने, ‘हिउँसँग खेल्दा निकै रमाइलो लाग्यो ।’ उनका अनुसार शुक्रबार राति असिना पानी प¥यो, त्यसपछि लगातार हिउँ पर्न थाल्यो ।

विशेष कार्यक्रमका लागि दामन पुगेको सर्जिकल एसोसिएसनसँग आबद्ध १८ जनाले पनि हिउँ खेले । कामका लागि आएको भए पनि हिउँ परेपछि काममा ढिलाई भएको मौकालाई टोलीले हिउँसँग खेलेर रमाइलो गरेको टोलीका रमण कायस्थले बताए । होटलको कोठाबाट बाहिर निस्कँदै हिउँसँग खेल्दै कामको तयारीमा टोलीका सदस्य जुटेका थिए ।

एभरेष्ट पानोरोमा लगायतका होटल तथा रिसोर्टमा पर्यटक जम्मा हुने क्रम बिहानैदेखि थपिँदै गएको छ । अघिल्लो दिन आइपुगेकाले भने रातिदेखि नै हिउँसँग रमाइलो साटेका थिए । त्यस क्षेत्रमा हिउँ परेपछि आसपासका चित्लाङ, टिस्टुङ, बज्रबाराहीलगायतका क्षेत्रमा चिसो बढ्दै गएको छ ।

दामनमा हिउँ खेल्न काठमाडौंबाट नौबिसे हुँदै त्रिभुवन राजपथबाट करिब तीन घण्टामा दामन पुगिन्छ । त्यस्तै वीरगञ्ज, हेटौंडा, चितवनबाट समेत सहजै दामन पुगेर हिउँ खेल्न सकिने पुगेका पर्यटकहरु बताउँछन् । त्यस क्षेत्रबाट शनिबार बिहानैदेखि हिउँ खेल्नका लागि आउने पर्यटकले होटल ‘बुकिङ’ फोनबाट गरिरहेको स्थानीय होटल सञ्चालकहरुले जानकारी दिए ।

राजधानीबाट त्रिभुवन राजपथबाट ७५ किलोमिटरको दूरीमा रहेको दामन पुगी हिउँसँग रमाउन सक्नेछन् । त्यसैगरी चन्द्रागिरिबाट चित्लाङको कच्ची बाटोबाट पनि साना सवारीसाधनमा दामन पुगेर हिउँ खेल्न सकिन्छ । राजधानीको दक्षिणकाली, फाखेल हुँदै कुलेखानीको बाटो मार्खु हुँदै दामन पुगेर पनि हिउँको मज्जा लिन सकिने स्थानीय बताउँछन् ।

दामन तथा सिमभञ्ज्याङ क्षेत्रबाट हिमश्रृंखलाको अनुपम दृश्य देख्न सकिन्छ । जसमा लोभिने पर्यटकहरु अधिक हुन्छन् । यहाँबाट गणेश, मनास्लु, अन्नपूर्ण, लाङ्टाङ, गौरीशंकरलगायतका हिमाल तथा हिलश्रृंखलाको अनुपम दृश्यावलोकन पर्यटकहरुले गरिरहेका छन् ।

समुद्री सतहबाट दुई हजार ४ सय ८८ मिटर उचाइमा रहेको सिमभञ्ज्याङ र सँगैको दामनस्थित भ्यूटावरबाट हिमश्रृंखलासँगै वरपरका मनोरम दृश्यावलोकन गर्न पर्यटकहरु तछाडमछाड गरिरहेका छन् । पर्यटकीय क्षेत्रका रुपमा चर्चित यस क्षेत्रलाई ग्रामीण पर्यटनको अवधारणामा विकास गरिंदै आएको छ ।

हिन्दू र तथा बौद्धमार्गीको बासस्थान रहेको यहाँको प्रसिद्ध मन्दिर ऋषेश्वरमा वर्षेनि ठूलो मेला लाग्दा धार्मिक पर्यटकहरु आउने गर्छन् । हिउँ परेपछि आएर रमाइलो गर्ने पर्यटकले स्थानीयले निर्माण गरेका होमस्टेमा बसेर ग्रामीण पर्यटनको मज्जा लिन सक्नेछन् । (रासस)




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


दामनमा प¥यो हिउँ, रमाउँदै पर्यटक - 2019-02-10

दामन, २६ माघ÷ मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा शनिबार चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार परिरहेको पानीसँगै त्यस क्षेत्रमा शुक्रबार रातिदेखि हिमपात सुरु भएको हो ।

‘सालको पातको टपरी’ गीतलाई युट्युबमा २ करोड भ्यु - 2019-01-11

यसबर्ष निकै चर्चामा रहेको तथा लोक दोहोरी गीतको इतिहासमा सर्वाधिक रुचाइएको ‘सालको पातको टपरी’ बोलको गीतले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल–फ्रान्सको कुटनीतिक सम्बन्ध वर्षगाँठ मनाउन मिस नेपाल श्रृंखला सद्भावना दूत नियुक्त - 2019-01-10

नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउन मिस नेपाल वल्र्ड श्रृंखला खतिवडालाई सद्भावना दूत नियुक्त गरिएको छ ।

चित्लाङमा प्याराग्लाइडिङ उडाउने तयारी - 2019-01-04

हेटौंडा÷मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरमा पनि अब प्याराग्लाइडिङ उडाउने तयारी भएको छ ।

श्रृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेस्डर - 2019-01-03

व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय बाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बेस्डर)मा श्रृंखला खतिवडा मिस नेपाल २०१८ लाई नियुक्त गरेको छ ।

मिस तामाङ २०१९ को लागि आवेदन खुल्ला - 2018-12-30

तामाङ सुन्दरी प्रतियोगिता मिस तामाङ २०१९ को आवेदन खुल्ला गरिएको छ ।

श्रृंखला मिस वल्र्डको टप ३० मा - 2018-12-04

मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा पर्न सफल भएकी छिन् ।

श्रृंखलालाई अब भाग्य र कर्मको भर ¤ - 2018-12-02

चीनमा भइरहेको मिस वल्र्ड (विश्व सुन्दरी) प्रतियोगिताको १३ औं समूह विजेता बन्दै श्रृंखला खतिवडा सेमीफाइनल राउण्डका लागि छानिएकी छन् ।

मिस वल्र्ड भोटिङमा श्रृंखला उपाधि नजिक - 2018-11-29

मिस वल्र्ड प्रतियोगितामा सहभागी सुन्दरीलाई अनलाइन भोट गर्न पाउने अन्तिम समयसम्म नेपाली सुन्दरी श्रृंखला खतिवडा ठूलो अन्तरसहित शीर्ष स्थानमा छिन् ।


2419040 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top