Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साहित्य

हेटौंडामा गुन्जिए भारतीय कवि


साहित्य पटक पढिएको


हेटौंडामा गुन्जिए भारतीय कवि


हेटौंडा, २६ साउन÷ हेटौंडामा नेपाल र भारतीय कविहरुको शनिबार जमघट भएको छ ।

तीन दिने नेपाल भारत साहित्य महोत्सव अन्तर्गत पहिलो दिन हेटौंडामा भारतीय र नेपाली कविहरु सुनिएका हुन् ।हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा नेपालका बरिष्ठ साहित्यकार तुलसी थापाको प्रमुख आतिथ्यता तथा भारतीय बरिष्ठ साहित्यकार डा. विजय पण्डितको विषेश आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा भारतीय कविहरु डा. सरोजनी तनह, दिलदार देहल्वी, बीर सिं मारतण्ड र सुरेखा कादियानले कविता वाचन गरका थिए ।साथै नेपाली कविहरु पुरुषोत्तम आचार्य, छवि अनित्य, सुवास खनाल, भावना सापकोटा, ह्याग्रिव आचार्य र अंकिता सुमार्गीले कविता वाचन गरे । ७५ जना भारतीय कविहरु साहित्यिक कार्यक्रमसँगै हेटौंडाको पर्यटकीय तथा धार्मिक क्षेत्र सहिद स्मारक घुमेका थिए ।हेटौंडाको कार्यक्रमपछि भारतीय कविहरु शनिबार नै बीरगंज गएका छन् । त्यहाँ आज साउन २७ र २८ गते साहित्यिक महोत्सव हुनेछ स्थानीय आयोजक हेटौंडा एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गीले बताए । नेपाल भारत सहयोग मञ्च, ग्रिन केयर सोसाईटी भारत र हिमालिनी मासिकको पहलमा कार्यक्रम भएको हो ।

सुमार्गी दम्पत्ति सम्मानित

कार्यक्रममा भारतीय साहित्यकारहरुले कान्तिधारा साहित्य एकेडेमीको तर्फबाट हेटौंडा एकेडेमीका अध्यक्ष तथा उद्योगी अरुणराज सुमार्गी र एकेडेमीकी निर्देशक अंकिता सुमार्गीलाई नेपाल भारत अन्तराष्ट्रिय रत्न सम्मान प्रदान गरेका छन् ।साथै उनीहरुले तीन दिने महोत्सव अन्तर्गत पहिलो दिनको कार्यक्रम हेटौंडा एकेडेमी परिसमा बृक्षारोपण गरेर सकाएका थिए । भारतीय साहित्यकार मनोज कुमारले चम्पारणबाट ल्याएकोे अशोक, चम्पा लगायतका बिरुवा रोपिएको हो ।  





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौंडामा गुन्जिए भारतीय कवि - 2018-08-12

हेटौंडा, २६ साउन÷ हेटौंडामा नेपाल र भारतीय कविहरुको शनिबार जमघट भएको छ ।

हेटौंडामा सुनिए संगीत र सुदिप - 2018-03-25

हेटौंडा, १० चैत÷ पर्वतका कवि तथा गीतकार संगीत स्रोता र धरानका कवि सुदिप पाख्रिन शनिबार हेटौंडेली साहित्यनुरागी माझ कविता मार्फत प्रस्तुत भएका छन् ।

रमेशमोहनको ‘घुम्तीहरु छेलिएपछि’ - 2018-03-25

हेटौंडा÷हेटौंडेली साहित्यकार रमेशमोहन अधिकारीले आफ्नो दोस्रो संस्मरण तथा नियात्रा संग्रह ‘घुम्तीहरु छेलिएपछि प्रकाशनमा ल्याएका छन्।

ढुङ्गेललाई मनमाया स्मृति गजल पुरस्कार - 2018-02-18

हेटौंडा, ५ फागुन÷ माध्यमिक तहको जिल्लास्तरीय गजल प्रतियोगितामा बकैया गाउँपालिकास्थित महेन्द्र माविकी छात्रा रुपा ढुङ्गेल उत्कृष्ट भएकी छन्।

आँचलमा गुन्जियो सविताको कविता - 2018-02-04

हेटौंडा, २० माघ÷ आँचल साहित्य कला पुञ्जको मासिक भेटघाट तथा रचना बाचनमा शनिबार कवि सविता तिमल्सिनाका ५ वटा कविता प्रस्तुत भएका छन् ।

वरिष्ठ संगीतकार कार्कीलाई एकलाखको राष्ट्रिय संगीत पुरस्कार - 2018-01-25

हेटौंडा, १० माघ÷ एकलाख रुपियाँ नगदको राशीको राष्ट्रिय संगीत पुरस्कार यसवर्ष वरिष्ठ संगीतकार चेतन कार्कीलाई प्रदान गरिने भएको छ ।

गजल यात्रामा सुनिए दीपक समीप - 2018-01-21

स्वागत छ तपाईलाई बजारले भन्यो धन्यवाद छ खल्तीबाट हजारले भन्यो ......... पोखरेली गजलकार दीपक समीपले आफ्नो चर्चित गजलका यी हरफहरु बाचन गरिरहँदा शनिबार हेटौंडेली गजल अनुरागीबाट परर ताली बज्यो ।

साहित्य संगमको अध्यक्षमा निमेष निखिल - 2017-09-17

साहित्य संगम मकवानपुरको अध्यक्षमा साहित्यकार निमेष निखिल निर्विरोध चयन भएका छन् । साहित्य संगम मकवानपुरको १३ औँ अधिवेशनले निखिलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।

गणेशलालको स्मृतिमा कविता प्रतियोगिता - 2017-08-20

हेटौंडा, ३ भदौ÷ लोककवि गणेशलाल श्रेष्ठको १ सय छैठौं स्मृतिमा कविता प्रतियोगिता ११३७ आयोजना गरिएको छ । नेपाल भाषाः खलः मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको प्रतियोगितामा २ महिलासहित ७ जना प्रतिष्पर्धी थिए ।


2332562 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top