Sajhakura Dainik - स्वास्थ्य बीमा कार्यक्रम एक परिचय
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
बिचार

स्वास्थ्य बीमा कार्यक्रम एक परिचय


बिचार 25 पटक पढिएको


बद्री पण्डित बास्तवमा मेरो स्वास्थ्य मेरो अधिकार भन्ने उक्तितलाई चरितार्थ गर्न गराउनका लागि आजभोलि हरेक पत्रपत्रिकाले स्वास्थ्य बीमाको बारेमा समाचार बनाइरहेका छन् ।
 केही वर्षअघिदेखि स्वास्थ्य बीमासम्बन्धी योजना बजेटमा परे तर कार्यान्वयन भने अझै प्रभावकारी भएको छैन । ढिलै भए पनि सरकारले सामाजिक सुरक्षाअन्तर्गत् स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो । सरकारले स्वास्थ्य बीमाको अवधारणा अघि सारेपछि बीमा कम्पनीहरुले समेत स्वास्थ्य बीमा योजनालाई सरल बनाउन थालेका छन् । नेपाल सरकारले हाल पा“च जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा सञ्चालन गर्ने नीति मन्त्रालयले बनाएको छ । यसका लागि ४५ दिनभित्र स्वास्थ्य बीमासम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पेस गरिने र यसमा विशेषगरी अपांग, एकल महिला, वृद्धवृद्धा तथा अनाथ बालबालिकाको बीमा सरकारले नै निःशुल्क रुपमा गरिदिने प्रावधान राखिने भएको छ । सरकारले चालु आर्थिक वर्ष २०७३÷०७४ को बजेटमा आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गर्ने लक्ष्यसहित राष्ट्रिय स्वास्थ्य बीमा योजना सञ्चालनमा ल्याउने घोषणा गरेको छ । यसैले स्वास्थ्य बीमाको बारेमा आमबुझाई एक हुनु जरुरी भएकाले यसको अवधारणाबारे सचेतना प्रदान गर्नु यो लेखको मुख्य ध्येय हो ।
स्वास्थ्य बीमा गरेपछि बिरामी पर्दा वा चोटपटक लाग्दा उपचार खर्च बीमावापत् पाइन्छ । वार्षिकरुपमा निश्चित रकम तिरेपछि निश्चित
रकमसम्म उपचार खर्च बीमा कम्पनीमार्फत् पाइन्छ । बीमा कम्पनीले ल्याएको योजनाअनुसार वार्षिकरुपमा थोरै रकम तिरेर भैपरी आउने स्वास्थ्य जोखिमको खर्चबाट बच्न सकिन्छ । विश्वमा यो बीमाको विकास धेरै अगाडीदेखि भएपनि नेपालमा भने २०४० सालतिरबाट मात्रै स्वास्थ्य बीमा सुरु भएको हो । सुरुमा संस्थागत स्वास्थ्य बीमा गरिन्थ्यो ।
ब्यक्तिगत स्वास्थ्य बीमा गर्न तपाईंको परिचय खुल्ने प्रमाणित परिचयपत्र भए पुग्छ । बीमा गर्न सामान्यतया ५ वर्ष पुगेको हुनुपर्छ भने कम्पनीपिच्छे ५५ देखि ६५ वर्षसम्मका ब्यक्तिले स्वास्थ्य बीमा गर्न सक्छन् । न्यूनतम सीमा नभए पनि अधिकतम भने कम्पनीअनुसार १० लाखदेखि ३५ लाखसम्मको बीमा गर्न सकिन्छ । बिमाको रकमअनुसार बीमांक भने एकसय रुपियाँदेखि ५ हजार रुपियाँसम्म पर्छ । पाँचजना भएको परिवारले वार्षिक दुईहजार पाँचसय सेवा शुल्क तिरेर सहभागी हुन पाउनेछन् । पाँचजनादेखि बढी सदस्य भएको परिवारले थप प्रतिव्यक्ति चारसय २५ रुपियाँ
अतिरिक्त तिरेर पनि सदस्य बन्न पाउनेछन् । सदस्य भएपश्चात् सो परिवारलाई वार्षिक ५० हजार रुपियाँसम्म उपचार खर्च प्रदान गरिने व्यवस्था
रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तरगत् सदस्यका परिवारले अस्पतालमा अन्तरंग, शल्यक्रिया, बहिरंग, प्रयोगशाला र औषधिमा खर्च पाउनेछ भने कस्मेटिक सर्जरी, कृत्रिम अंग, चस्मा, सुन्ने यन्त्र, लिंग परिवर्तन, घरेलु झैझगडामा चोटपटक लागेका र मादक, लागूपदार्थ सेवन गरी दुर्घटना परेका परिवारका व्यक्तिले सुविधा पाउने छैनन् ।
संस्थागत स्वास्थ्य बीमा भने संस्थाले नै गरिदिनु पर्छ । कुनै कम्पनी वा उद्योगको प्यान नम्बरसहितको लेटरप्याडमा कम्तीमा ५ देखि १० जना र बढीमा सीमा नलगाई कम्पनीले नै प्रिमियम दिने गरी बीमा गर्न सकिन्छ । यसो गर्दा भुक्तानी पनि कम्पनीकै नाममा हुन्छ । यदि बीमित ब्यक्ति दिर्घरोगी छ भने वा गर्भवती छ भने वा बीमा गरेलगत्तै २८ दिनभित्र कुनै बिरामी परेमा भने बीमा कम्पनीले उपचार नबेहोर्ने राष्ट्रिय बीमा कम्पनीको भनाई छ । अरु बिरामी वा अङ्गभङ्ग हुँदा सरल तरिकाले भुक्तानी हुन्छ ।
सरकारले स्वास्थ्य बीमा २५ जिल्लामा लागू गरेको छ ।  कैलाली, बाग्लुङ, इलाम, सोलुखुम्बु, सुनसरी, महोत्तरी, पर्सा, मकवानपुर, सिन्धुली, गोरखा, तनहुँ, बर्दिया, रोल्पा, सुर्खेत, अछाम, झापा, रौतहट, चितवन, भक्तपुर, कास्की, म्याग्दी, पाल्पा, जाजरकोट र जुम्लामा स्वास्थ्य बीमा लागू भएको छ । यी जिल्लाहरुमा प्रतिब्यक्ति एकसय रुपियाँ वार्षिक प्रिमियम तिरेर ५० हजार रुपियाँसम्मको बीमा गर्न सकिन्छ । २५ जिल्लाबाहेक व्यक्तिले कम्पनीमा सम्पर्क राखेर बीमा गर्न सक्नेछन् । उनीहरुले बीमा गर्दा भने न्यूनतम वार्षिक एकसय ५० देखि २ सय ५० रुपियाँसम्म प्रिमियम पर्छ र ५० हजार रुपियाँको बीमा हुनेछ ।
कुल बीमा शुल्कको ५ प्रतिशत प्रिमियम पाउने गरी कार्यान्वयनमा ल्याउन लागिएको हो । अहिलेको प्याकेज भनेको ५ जनाको परिवारको २५ सय शुल्क लिएर ५० हजार रुपियाँसम्म उपचार खर्च दिने गरिएको हो । योभन्दा बढी रकमका लागि बीमा कम्पनीसँग छलफल भइरहेको छ ।
नेपालमा स्वास्थ्य बीमा गर्ने कम्पनीहरुमा शिखर इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्स, प्रभु इन्सुरेन्स, नेपाल इन्सुरेन्स, युनाइटेड इन्सुरेन्स, नेशनल लाइफ इन्सुरेन्स, एनबी इन्सुरेन्स, प्रिमियर इन्सुरेन्स, सगरमाथा इन्सुरेन्स र राष्ट्रिय बीमा कम्पनी छन् ।
व्यक्ति वा परिवारका लागि अस्पताल भर्ना गर्नुपर्ने स्वास्थ्य उपचारको लागि स्वास्थ्य बीमा उपयुक्त बीमा हो । यसमा ५ देखि ६५ वर्षसम्मका व्यक्ति वा परिवारले गैरनगदी उपचार (उपचार गराउँदाको पैसा तिर्नु नपर्ने) को लागि नेपाल र भारतका ४ हजारभन्दा बढी सूचीकृत अस्पतालहरुमा उपचार गराउन वार्षिक २ देखि २० लाखसम्मको बीमा लिन सकिने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रम सामाजिक न्याय र समानताका लागि आएको भएता पनि यसमा सजग भई समयसापेक्ष अगाडि जानुपर्ने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् । यो वीमा कार्यक्रममा बीमा कम्पनीको कुनै सहभागिता नभएको र यो नितान्त सरकारी कार्यक्रम भएकाले यसलाई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको रुपमा लिन सकिने हो ।
नेपालको संविधानले नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने प्रावधानबमोजिम यो कार्यक्रम लागू भएको बताइएको छ । यो बीमा लागू भएपछि पनि सरकारले २५ शैयासम्मको अस्पतालबाट उपलव्ध हुने निःशुल्क स्वास्थ्य सेवा र ७० ओटासम्म औषधि निःशुल्क नै प्राप्त हुने प्रावधान हो । यो सेवापश्चात् स्वास्थ्य सेवा लिँदा व्यक्तिगतरुपमा गरिने खर्चलाई कम गर्न र
गरिबीको रेखामुनि रहेका २५ प्रतिशत जनतालाई समेत स्वास्थ्य सेवा सुविधा सुनिश्चित गराउन सहयोग पु¥याउने लक्ष्य लिएको छ ।



कमेन्टसहरु




2267302 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top