Sajhakura Dainik - गजल मञ्चको १ सय ३४ औं गजल यात्रा
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साहित्य

गजल मञ्चको १ सय ३४ औं गजल यात्रा


साहित्य 6 पटक पढिएको


हेटौंडा, ६ जेठ÷गजल मञ्च मकवानपुरले शनिबार १ सय ३४ औं गजल यात्रा सम्पन्न गरेको छ । मञ्चले हरेक महिनाको पहिलो शनिबार गर्दै आएको गजल यात्राले यस महिनाको पहिलो शनिबार पनि निरन्तरता पाएको हो ।

दोस्रो अधिवेशनपछि निर्वाचित नयाँ कार्यसमिति गरेको पहिलो कार्यक्रममा साहित्यकार
आरआर चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो ।  मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान कार्यसमितिलाई कदरपत्रसमेत वितरण गरिएको थियो । निवर्तमान अध्यक्ष यश लामा, उपाध्यक्ष धर्मराज स्याङ्तान, कोषाध्यक्ष डिबी बर्तौलालगायतलाई वर्तमान अध्यक्ष तिवारी, प्रमुख अतिथि तथा अतिथिहरुले कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा करिब एक दर्जन गजलकारहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि आरआर चौलागाई, आरसी रिजाल, मञ्चका पूर्व अध्यक्ष दीपक गौतम, साहित्यकार मिनप्रसाद लामिछाने, रामहरि शर्मा चौलागाई, साहित्य संगम मकवानपुरका अध्यक्ष सुवास खनाल, साहित्यकार भावना सापकोटा, ईश्वर छत्कुली ‘स्पर्श’, डिबी वर्तौला, मनु रेग्मी ‘आशा ’, सञ्जीत श्रेष्ठ, उत्सव अर्याल, बालकृष्ण दाहाल ‘सार्थक’, गंगा सापकोटालगायतले मन्तव्य तथा
रचना बाचन गरेका थिए ।



कमेन्टसहरु




2292510 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top