Sajhakura Dainik - शान्ति सुरक्षाको लागि हरदम तयार छु, होटलमा गैरकानूनी काम हुन नदिनूस्
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साझा सरोकार

शान्ति सुरक्षाको लागि हरदम तयार छु, होटलमा गैरकानूनी काम हुन नदिनूस्


साझा सरोकार 1 पटक पढिएको


हेटौंडा, २५ भदौ÷ मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लामा शान्ति सुरक्षा कायम राख्न आफूहरु हरदम तयार रहेको बताएका छन् ।

 होटल व्यवसायीहरुले आफूलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै प्रजिअ बुढाले होटल तथा लजमा हुन सक्ने अपराधिक गतिविधिका कारण सम्पुर्ण व्यवसायमा धब्बा लाग्ने भएकोले गैरकानूनी कामहरु भने नगर्न आग्रह गरेका हुन् ।

पर्यटन विकासमा होटल तथा लजहरुको महत्वपूर्ण भुमिका हुने बताउँदै उनले कानूनको दायराभित्र रहेर काम गर्न  सचेत गराए । मकवानपुर जिल्ला पर्यटकहरुको लागि आकर्षक स्थान भएकोले होटल तथा लजहरुको भूमिका महत्वपूर्ण हुने भन्दै शान्त र पारिवारिक वातावरण कायम राख्न अनुरोध गरे। 

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकास राज खनालले मकवानपुरको होटलमा अपराधिक क्रियाकलापलाई निरुत्साहित गर्न आग्रह गर्दै होटल तथा लज व्यवसायीहरुलाई अनावश्यक चन्दा, गुण गर्दी भए प्रहरीलाई खबर गर्न आग्रह गरे ।  

होटल तथा लजहरुमा हुने विकृति तथा यौनजन्य 

अपराधिक गतिविधिको कुरा विभिन्न फोरमहरुमा उठ्ने भएकोले यो प्रति होटल व्यवसायीलाई सचेत गराए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष 

राजकुमार न्यौपानेले अब हेटौंडामा अब चाँडै नै सिसिटिभीको मर्मत हुने बताए । होटल एसोसियन मकवानपुरका अध्यक्ष भागिरथ शर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा शर्माले होटलको अवस्था र समस्याको बारेमा बोलेका थिए ।





कमेन्टसहरु




2332580 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top