Sajhakura Dainik - राउतले दिए महासंघलाई एकलाख
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साझा सरोकार

राउतले दिए महासंघलाई एकलाख


साझा सरोकार 12 पटक पढिएको


हेटौंडा÷मकवानपुर उद्योग वाणिज्यका बर्तमान महासचिव एव्म अध्यक्षका प्रत्यासी उम्मेदवार महेन्द्र राउतले पत्रकारिता पुरस्कार स्थापनाका लागी नेपाल पत्रकार महासंघ मकवानपुरलाई सोमबार एकलाख रुपियाँ प्रदान गरेका छन् ।

 राउतले आफना हजुरबुबा मानबहादुर राउत र हजुरआमा पार्वती राउतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाका लागी उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उनले सोमबार पल्पसा सभाहलमा आयोजना गरिएको मकवानपुर उद्योग वाणिज्य संघको उम्मेदवारी सहितको प्यानल घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । पुरस्कार स्थापनका लागी रकम हस्तान्तरण गर्दै राउतले आफना हजुरबुवा र हजुरआमाको स्मृतिमा स्थापन पत्रकारीता पुरस्कार स्थापना गर्ने कार्यलाई महासंघले स्वीकार गरेकोमा खुशी व्यक्त गरे।

पुरस्कार स्थापनाका लागी प्राप्त रकमबाट आउने व्याजबाट महासंघको अधिवेशनका समयमा जिल्लाका एकजना क्रियाशील पत्रकारलाई पुरस्कृत गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताए ।





कमेन्टसहरु




2267256 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top