Sajhakura Dainik - ट्राफिक व्यवस्थापनमा चुस्तता
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साझा सरोकार

ट्राफिक व्यवस्थापनमा चुस्तता


साझा सरोकार 28 पटक पढिएको


नागरिकहरुले व्यस्त जीवनमा अधिक प्रयोग गर्ने बाटोको व्यवस्थापन गर्ने भूमिका ट्राफिक प्रहरीले निर्वाह गर्छ । नेपालको जस्तो अप्ठ्यारो बाटोमा पनि कहिँकतै ब्रेकको प्रयोगबिना सवारी चलाउने मनसाय भएका नागरिकहरु हाम्रो समुदायमा छन् ।

 व्यस्त शहरी क्षेत्रमा सडक पेटीबाट नहिँडी सडकबाटै हिँड्ने र जथाभावी सडक काट्नेहरुको संख्या पनि बढ्दो छ । नागरिकको अधिकार कुण्ठित नहुने गरी सडकको व्यवस्थापन तथा व्यस्त सडकलाई सहज बनाउने काममा ट्राफिक प्रहरी तल्लिन रहन्छन् । सडकको व्यवस्थापनमात्र होइन, सवारी चालकहरुको अनुशासनको परीक्षण र सवारी साधनको बैधानिकताको परीक्षणसमेत ट्राफिक प्रहरीले गरिरहेका हुन्छन् ।

जनसंख्या वृद्धि, साँघुरा सडक, बढ्दो सवारी साधन, वैज्ञानिक उपकरणको कमी, विशिष्टिकृत जनशक्तिको अभाव, सडक प्रयोगकर्ताहरुको कमजोर चेतनास्तर, अवैज्ञानिक सवारी चालक अनुमतिपत्र वितरण पद्दति तथा प्रचलित यातायात नीतिले अहिलेको सवारी व्यवस्थापनको मुद्दालाई भरथेक गर्ने काममा ट्राफिक प्रहरी अपजसको भागी बन्दै आएको छ । ट्राफिक प्रहरीको बुद्धिमतापूर्ण कामका कारण सडकमा नागरिकको जीवन रक्षाको अनुभूति गर्ने वातावरणको सिर्जना भएको हुन्छ भने उसको सानो लापर्वाहीका कारण अनाहकमा ज्यान गुमाउनेको दर्दनाक पीडा पनि उत्तिकै पाइन्छ । ट्राफिक प्रहरीको काम सडकमा अनुशासन कायम गर्नु हो । सडकमा हुने अनियमितता, अवैधानिक तवरबाट हुने सवारी सञ्चालन र सडकमा देखिने दादागिरी नियन्त्रणको जिम्मा ट्राफिक प्रहरीलाई हुन्छ । यो अभियानमा ट्राफिक प्रहरी एक्लो छैन, उसको सहयोगमा जनपथ प्रहरी पनि रहेका हुन्छन् । त्यसैले उसले जनताको सेवालाई धर्मका रुपमा ग्रहण गर्नेमात्र होइन, कर्मको अनुभूतिसमेत गर्न सक्नुपर्छ ।

देशका ठूला सहरका व्यस्त सडक र चोकमा  ट्राफिक प्रहरीको काम चापमा रहने भए पनि अन्यत्र ट्राफिक प्रहरीको उपस्थिति र कामको चाप देखिँदैन । सडकमा हुने चेक जाँच र कारवाहीमा ट्राफिक प्रहरीले लापरवाही गरेका गुनासाहरु पनि आउने गरेका छन् । अनियमितता हुने र जबर्जस्ती सवारी चालकलाई सास्ती दिने गरेको गुनासा ट्राफिक प्रहरीप्रति आउने गरेका छन् । यस्ता गुनासालाई कम गर्न र जनताको सेवामा निष्पक्षता प्रदर्शन गर्नको लागि चुक्नु हुँदैन । कुनैपनि बेला सानातिना दुर्घटनाका कारण साधारण नागरिकको ज्यान जानु राम्रो होइन । सडक र सवारीमा अनुशासन कायम गर्दै राज्यको नीतिमा रहने गरी सडकलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी लाग्नुपर्छ । ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको नियन्त्रणभित्र 

छ । यातायातको क्षेत्रलाई व्यवस्थित बनाउने सन्दर्भमा अधिकारप्राप्त सम्बद्ध निकायहरुको चासो र चिन्ता निकट भविष्यमा नदेखिने हो भने ट्राफिक व्यवस्थापनको समस्या साझा मुद्दा बन्नेछ ।





कमेन्टसहरु




2366966 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top